Skip to main content

Rd Creation

फेब्रुअरी २२ मा नेपालका अत्यन्तै चर्चित कलाकारको साथमा चितवन धमाका-३ हुने

आर डि क्रीएशन/ १७ डिसेम्बर, कुवेत। चितवन सेवा समाज कुवेतको आयोजनामा आगामी २२ फ्रेब्रुअरी २०१९ का दिन नेपालका अत्यन्तै चर्चित दुई जना अतिथी कलाकारहरुको साथमा “चितवन धमाका-३” हुने भएको छ।

Advertisements

चितवन सेवा समाज कुवेतका अध्यक्ष नविन लोप्चनले आर डि क्रीएशनसंग कुरा गर्दै सो जानकारी गराएका हुन। संस्थाको अन्तिम बैठकले दुई जना चर्चित कलाकारहरुको साथमा चितवन धमाका-३ गर्ने निर्णय गरेको छ। तर कलाकार को को हुन भन्ने खुलाएका छैनन। चितवन सेवा आमाज कुवेतले कलाकार को को आउँदैछन भन्ने अनुमान गर्न कुवेतका श्रमजिवी नेपालिहरुलाइ आग्राह गरेका छन। यदि अनुमान सहि भएको खन्डमा चितवन सेवा समाज कुवेतले उक्त धमाका-३ हेर्नको लागि ५ ओटा भि आइ पि पास उपलब्ध गराउने भएकोले अहिले अतिथी कलाकारको नाम सार्वजनिक नगरिएको जानकारी अध्यक्ष लोप्चनले गराएका छन।

विगतमा पनि चितवन सेवा समाजले नेपालका निक्कै चर्चित कलाकारहरुको साथमा धमाका-१ र धमाका-२ समपन्न गरिसकेको छ। त्यही अनुभवलाइ पुनः प्रयोग गर्दै यसपाली चितवन धमाका-३ गर्न लागिएको हो। केही दिनमा हल टुङ्गो लगाएर पुन कुवेतबाट सञ्चालित मिडियाको सहयोगबाट सु सुचित गराउने भन्दै अध्यक्ष लोप्चनले उक्त दिन कार्यक्रम नजुधाइ दिनहुन कुवेतका क्रीयाशिल संघ संस्थाहरुलाइ अनुरोध गरेका छन। साथै उक्त दिन कुवेतमा श्रम गरिरहनुभएका सबै नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ उपस्थितिकालागी अनुरोध गरेका छन।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.