Wednesday, January 14, 2026
spot_img
Homeगृहपृष्ठफेब्रुअरी ७ मा घेदुङ कुवेतद्वारा सोनाम ल्होछार मनाउने, तयारी अन्तिम चरणमा।

फेब्रुअरी ७ मा घेदुङ कुवेतद्वारा सोनाम ल्होछार मनाउने, तयारी अन्तिम चरणमा।


आर डि क्रीएशन/२७ जनवरी, कुवेत। आगामी फेब्रुअरी ७ तारिकका दिन नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा २८५६ राष्ट्रिय सोनाम ल्होछार कार्यक्रम हुने भएको छ। नेपाली दूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भन्डारिको प्रमुख आतिथ्यता एवं नेपालबाट आमन्त्रित चार जना लोकप्रिय कलाकारहरुको साथमा उक्त कार्यक्रम तय भएको र कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक रेशम लामाले आर डि क्रीएशनलाइ जानकारी दिएका छन।

खास गरि तामाङ जातिमा ल्होछारको महत्त्व, यसको ईतिहास र यसलाइ भावी पुस्तासम्म हस्तान्तरण गर्दै ल्होछारलाइ जिवित राख्ने उदेश्यले संसारका विभिन्न देशहरुमा ल्होछार मनाउँदै आइरहेका छन। ल्होछार चन्द्र पात्रो अनुसार नयाँ बर्षको रुपमा बौद्ध मार्गिहरुले मान्ने गर्दछन। ल्होछार तोला/तमु ल्होछार, सोनाम ल्होछार र ग्याल्बो गरि तीन किसिमका हुन्छन र यसलाइ नेपालका फरक फरक जातिले ग्राह्यताका साथ मनाउँदछन। जस्तैः तमु ल्होछार गुरुङहरुले पुस १५ मा मनाउँदछन। सोनाम ल्होछार बिशेश गरि तामाङ जातिले माघ शुक्लपक्ष प्रतिपदाको दिनदेखी एक महिन सम्म मनाउँछन भने ग्याल्बो ल्होछार विशेष गरेर शेर्पा जातिले फागुन महिनामा मनाउने गर्दछन।

सोनाम ल्होछारलाइ तामाङ जातिले खास गरेर अहिले सम्म प्रचार प्रसारकै रुपमा मबाउने गरेको पाइन्छ। राज्यले धार्मिक विभेद गरेर जबर्जस्ती हिन्दु पर्व मनाउन उर्दि जारि गरे पश्चात् बौद्ध धर्म र तामाङ जातिको मौलिक पर्वहरु एकाएक लोप हुँदै गैरहेको थियो। देशको आमूल परिवर्तन संगै जनताको चेतनात्मक स्तरको पनि बिकास हुँदै जाँदा तामाङ जातिको ईतिहास, पर्व र धर्मको बारेमा अध्यन गर्दै लोपोन्मुख आफ्नो मौलिकता, पहिचान र तिनिहरुको उत्थान र संरक्षणमा लाग्नुपर्ने आजको आवस्यकताले यसलाइ विश्वब्यापी रुपमा मनाउँदै आइरहेका छन। ल्हो भनेको बर्ष र छार भनेको नयाँ हो। अर्थात समग्रमा नयाँ बर्षलाइ तामाङ भाषामा ल्होछार भनिएको हो।

कुवेतको ज्लिवस्थित नटिङ्घम ब्रीटिश स्कुलको सभाकक्षमा नेपालका अत्यन्तै लोकप्रिय गायिका मिना लामा, अन्जु लामा, जोगलाल लामा र यु बि मोंग्रेसाको धमाकेदार प्रस्तुतिहरुसंगै ल्होछार कार्यक्रम हुने भएको छ। संयोजक लामाले उक्त कार्यक्रम तपाईं हाम्रै भएकोले कुवेतमा श्रम गरिरहनुहुने तपाईं सम्पुर्णलाई उपस्थित हुनुहुन अनुरोध गरेका छन। कार्यक्रम मध्यन्ह ठिक १२ बजेबाट सुरु हुनेछ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments