Friday, January 16, 2026
spot_img
Homeगृहपृष्ठफ्रेब्रुअरी २१मा सांगीतिक उत्सव हुदै

फ्रेब्रुअरी २१मा सांगीतिक उत्सव हुदै

निरेम प्रोडक्सनको आयोजना र बीइसी एक्सचेन्जको मूख्य प्रायोजनमा हुन लागेको निरेम साङ्गीतिक उत्सवमा चर्चित गायिका तृष्णा गुरुङ्ग, हिमाल सागर र कवि फकिर गुञ्जिने भएका छन् । आगामी फ्रेब्रुअरी २१ तारिक कुवेतको जिलिबस्थित एस्पायर स्कुलमा हुने उक्त साङ्गीतिक उत्सवमा यि तीन श्रष्ठाहरुले आफ्नो प्रस्तुति दिने भएका हुन् । नेपाली संगित, कला र साहित्यलाई प्रवासमा श्रमरत नेपाली समुदायका श्रमिकसँग जोड्ने मूल उदेश्यका साथ आयोजित यस कार्यक्रममा चर्चित गायिका तृष्णा गुरुङको बिभिन्न साङ्गीतिक प्रस्तुति रहनेछ । त्यस्तै, युवा तन्नेरीहरुका लोकप्रिय गायक हिमाल सागरको पूराना तथा सदाबहार गीत प्रस्तुत हुनेछ । साथैं, कवि तथा पत्रकार सुरेश बुढाथोकी ‘फकिर’ को प्रवास बिशेष कविता र गजलको प्रस्तुति रहने आयोजक निरेमले जनाएको छ । गायिका गुरुङ्गको गाइने दाजैले सारङ्गी रेट्दामा, माया पिरती, खनिहो यामू लगायत धेरै गीत चर्चित छन । युवापिढी माझ लोकप्रिय तथा सन् २०१० ताका असाध्यै चर्चित हिमाल सागरको ‘न मैले लेखें, मेरो माया मारेपछी तिमि त धेरै नामी भईछौँ , ए हो र माया’ बोलका गीत लगायत अन्य बिभिन्न गीतहरु रुचाईएका गीत हुन् । यसपाली कार्यक्रमलाई फरक प्रस्तुतीले समेट्ने उदेश्य सहित कवि तथा लेखक फकिरको कविता र गजलको प्रस्तुति पनि समेट्न लागिएको निरेम साङ्गीतिक उत्सव २०२५ का संयोजक सुरेन्द्र लिम्बुले बताए । उक्त सांगितिक उत्सवमा हजारबढी नेपाली संगीत तथा साहित्यप्रेमी दर्शको उपस्थिति रहने अपेक्षा गरिएको छ भने कार्यक्रममा मादक पदार्थ लगायत कुवेतको कानुनले वर्जित गरेको पदार्थहरु सेवन नगरी सभ्य तथा मर्यादित तरिकाले उपस्थित भई मनोरञ्जन लिईदिन संयोजक लिम्बुले आग्रह गरेका छन् ।बिगतदेखी रक्तदान लगायत सामाजिक कार्य, समस्यामा परेका श्रमिकको उद्दार तथा राहत, खेलकुद, सूचना तथा संचारमा संकृय निरेमले यसपाली स्थानी पर्व हाला फेव तथा भ्यालेन्टाईनडे को अवसर पारेर सांगितिक उत्सव आयोजना गर्न लागेको हो । बिईसी एक्सचेन्ज मुख्य प्रायोजक रहेको उक्त उत्सवको जजिरा एयरलाईन्स एयर पार्टनर ,डाम्पा चौतारी रेष्टुरेन्ट हिमालयन रेस्टुरेन्ट,वक एण्ड गो रेस्टुरेन्ट, अरबिका कफी हाउस,एसियन चुलो , नमस्ते रेस्टुरेन्ट रएभरेस्ट रेस्टुरेन्ट हस्पिटालिटी पार्टनर रहेको छ । । त्यस्तै मनकामना एयर कार्गो, एल आर लेडिज् सलुन कार्गो र ब्युटी पार्टनरका रुपमा रहेका छन् ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments