24.7 C
Kathmandu
Tuesday, May 13, 2025
spot_img
Homeगृहपृष्ठबत्तिसेमा पर्यटकीय संरचना, पर्यटकको रोजाईमा RD Creation

बत्तिसेमा पर्यटकीय संरचना, पर्यटकको रोजाईमा RD Creation


पाँचथर– पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ मा रहेको बत्तिसे रिसोर्ट र पर्यटकिय संरचना अहिले रोजाईमा पर्न थालेका छन् । यहाँ घुम्न जानेको सङ्ख्या बढ्दै छ भने नयाँ वर्षमा भिडनै लागको थियो ।

फाल्गुनन्द गाउँपालिका–३ का प्रेम लिम्बू वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरीयामा छन् । कोरीयामा कमाएको पैसा गाउँमा लगानी गरेर पर्यटकीय संरचना बनाएका छन् । आफ्नै गाँजमा रहेको बत्तिसे क्षेत्रमा पर्यटन प्रवर्धनका लागी लगानी गरिरहेका छन् । पहाडको भिरालो ठाउँ अहिले संचरनाले आकषर्क भएको छ भने फूल, विभिन्न बिरुवा रोपेर सुन्दर बनाइएको छ ।

मेची राजमार्गको पाँच सय मिटर माथि पर्यटन प्रवर्धनका लागि विभिन्न संरचना बनाएका छन् । उनी कोरीयामानै छन् भने यहाँ परिवारले रिर्साट सञ्चालन गरिरहेका छन् । नजिकै बत्तिसे झरना छ भने पहाडका भित्तामा अनेकन आर्कषक संरचना बनाइएको छ । विदेशमा श्रम गरेर स्वदेशमै उद्यम गर्नेको एउटा महत्पूर्ण उदाहरण यहाँ देख्न पाईन्छ ।

कलात्मक घर, होमस्टे बनाइएको छ । खेल्नका लागि पिङ, विभिन्न सजावट छ । पोखरी छन् । चिडियाखाना झै चराचुरुङ्गी समेत पालिएको छ । विभिन्न किसिमका चराचुरुङ्गी बस्ने साना सना घर बनाइएको छ । डेढ करोड लगानी पहाडको भित्तामा भईसकेको छ ।

‘हाम्रा डेढ करोड खर्च भएको छ । आउनेलाई बस्ने, खाने र घुम्ने ठाँउ बनेको छ । श्रीमान कोरीयामा हुनुहुन्छ । उहाँले कमाएको पैसा यहाँ लगानी भएको छ । हामी अहिले यो सञ्चालन गरेर बसेका छौँ’ सञ्चालक रेनुका राई भन्छिन्, ‘थोरै समयमा नै धेरैको माया पाएका छौँ । यो ठाउँलाई नै पर्यटकीय गन्तव्य बनाउने हाम्रो योजना छ । ’

उनका अनुसार यहाँ आउनेले प्राकृतिक वातावरण पाउने छन् । यही फलेको तरकारी, आलु, रैथाने खानेकुरो, आरामदायी रूपमा बस्न मिल्छ ।

अहिले यहाँ जानेको सङ्ख्या बढ्दै गएको छ । यहाँको तस्विर, भिडियो बाक्लो गरी सामाजिक सञ्जालमा देख्न पाइन्छ । मेची राजमार्गको निवुखोला देखि आलु रोपिएको बारीको डिलै डिलको बाटो भएर यहाँ पुगिन्छ ।अरु तिर गर्मि बढेर हैरान बनाएपनि यहाँ शीतल रहेको छ । ‘आफूले भिडियोमा देखेको थिए । यहाँ वरिपरिको ठाँउपन सुन्दर रहेछ’ भारतबाट आएका आदित्य जैसवालले भने ‘यस्तो ठाउँमा केही दिन बस्न रमाइलो हुन्छ ।’

राईका अनुसार यहाँ संरचना बनाउन केही वर्ष लागेको छ ।१ सय रुपैयाँ ँतिरेर यहाँका संरचना हेर्न पाइन्छ ।

यहाँको आसपासको क्षेत्र निक्कै आकर्षक छ । पर्यटक पूर्वाधार थपिदै गए पर्यटकको आगमन हुने आशा छ । बतिसे झरना, राँके, पौवाभञ्ज्याङ, सुकेपोखरी लगायतका क्षेत्र रहेका छन् । संरचनाको विकास हुँदै गए पर्यटकीय क्षेत्रमा गुणात्मक फड्को मारिने अपेक्षा छ । ‘विदेशमा गएर गाउँमा कमाएको पैसा गाँउमै लागनी गर्नेलाई हामीले प्रोत्साहन गर्न खोजीरहेका छौँ । बत्तिसेमा निक्कै आकर्षक संरचना बनेकाले आसपासमा पनि पर्यटकको चहलपहल बढाएको छ । नयाँ वर्षमा ठुलो भिड देखियो’ फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बे भने ‘स्थानीय पर्यटन पूर्वाधार बनाउने काम गरेका छौँ ।’

विदेशमा कमाएको सम्पती गाउँमै लगानी गरेर पर्यटन प्रवर्धन गर्ने यो काम महत्पूर्ण छ । व्यक्तिले पर्यटकीय गन्तव्य बनाउने यो प्रयास सकारात्मक छ । सुन्दर गन्तव्यलाई प्रवर्धन गर्न सके अझै पर्यटक भित्रिने देखिन्छ ।

 




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments