Tuesday, January 13, 2026
spot_img
Homeगृहपृष्ठबराहखबरका सम्पादक लक्ष्मण कट्वाललाई पितृशोक

बराहखबरका सम्पादक लक्ष्मण कट्वाललाई पितृशोक


प्रेस चौतारी नेपाल, बराहक्षेत्रका अध्यक्ष तथा वराहखबर डटकमका सम्पादक लक्ष्मण कट्वाललाई पितृशोक परेको छ । 

उच्च रक्तचापबाट पीडित सम्पादक कट्वालका पिता निरबहादुर कट्वालको हिजो धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

‘६२ वर्षीय पिता कट्वालका असामयिक निधनप्रति वराहखबर परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ, बराहक्षेत्र मिडिया प्रालिका अध्यक्ष प्रदीप बास्मैत चौधरी र प्रधान सम्पादक नवराज विष्टले शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘यो दु:खद घडीमा शोक सहन गर्ने शक्ति प्राप्त होस् । पितृको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछौं ।’  

आज बिहान १० बजे चतरास्थित दुर्वासाघाटमा हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । 




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments