23.1 C
Kathmandu
Friday, September 20, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठबागमती प्रदेशकी उपसभामुख राधिका तामाङ्द्वारा सवारी साधन किन्ने र निवास बनाउने पैसा...

बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ्द्वारा सवारी साधन किन्ने र निवास बनाउने पैसा सरकारलाइ फिर्ता

काठमाडौं : वागमती प्रदेशकी उपसभामुख राधिका तामाङले नयाँ गाडी र नयाँ निवास भवन(आफ्नै सचिवालय) बनाउन पारित निर्णय फिर्ता गर्ने भएकी छिन्।

देश कोरोना महामारीसँग जुधिरहेको बेला आफूले यस्तो सुविधा लिन ठीक नहुने ठानी यस्तो निर्णय गरेको उपसभामुख तामाङले पहिलोपोस्टलाई बताइन्।

‘देश कोरोना महामारीको चपेटामा परेको छ। यस्तो बेला कोरोना टेस्ट गर्ने कीटकै कमी देखें,’ उपसभामुख तामाङले भनिन्, ‘यसैलाई मध्यनजर गर्दै मैले त्यो सेवा सुविधा नलिने निर्णय गरेकी हुँ।’

उनले प्रयोग गर्दै आएको गाडीमा समस्या देखिएपछि नयाँ गाडी किन्ने प्रस्ताव राखेकी थिइन्। टाटाको स्ट्रोम जिप चढिरहेकी उपसभामुख स्करपियो किन्ने तयारीमा थिइन्।

गत फागुन १४ गते बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले नयाँ सवारी साधन किन्ने निर्णय गरेको थियो भने भवन बनाउने निर्णय प्रदेशसभाको स्वीकृत वार्षिक कार्यक्रममा परेको थियो।

उपसभामुख तामाङले पाउने सुविधा बराबरको रकम कोरोना कोषमा नगए पनि सरकारले कोरोना कोषमै तानोस् भन्ने चाहना आफ्नो रहेको उनले बताइन्।

‘रकम डारेक्ट सरकारी कोषमा त जाँदैन। मैले प्रयोग नगरेपछि फ्रिज हुन्छ र सरकारले तान्छ। यो पैसा मैले प्रयोग गर्नुभन्दा कोरोना महामारी थप उर्जा मिलोस भन्ने हेतु ले यो निर्णय गरेकी हुँ।’

सचिवालयले सभामुख र उपसभामुख निवासमा स्वकीय सचिवालय निर्माणका लागि भनेर ५८ लाख ३० हजार रकम विनियोजन गरेका थिए। सभामुखका लागि निर्माण गरिएको सचिवालयको निर्माण भने अन्तिम चरणमा पुगेको छ।

यता वागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्का आफूले यस निर्णयबारे कुनै जानकारी नपाएको बताए।

‘सभामुख र उपसभामुखलाई नयाँ सवारी र सचिवालय निर्णय म सचिवालयमा आउनुभन्दा अघिको हो। मलाई यसबारे केही जानकारी छैन,’ खड्काले भने। उपसभामुखको औपचारिक निर्णय प्रदेश सभामा आइनसकेको उनले बताए।

ताम्सालिङ खबरबाट

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments