Friday, May 1, 2026
spot_img
Homeगृहपृष्ठबिर्तामोड कन्सर्ट कुटपिट: पाँचथरका युवकसहित तीन जना पक्राउ RD Creation

बिर्तामोड कन्सर्ट कुटपिट: पाँचथरका युवकसहित तीन जना पक्राउ RD Creation


पाँचथर । झापाको बिर्तामोडमा आयोजित एक कन्सर्टमा भएको कुटपिट घटनामा पाँचथरका एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार पाँचथर हिलिहाङ गाउँपालिका–७ घर भएका १९ वर्षीय सागर थापा घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्।

गत राति करिब ११:३० बजे बिर्तामोड–५ स्थित मंगलदीप टोलमा सञ्चालन भइरहेको कन्सर्टका क्रममा झडप हुँदा बिर्तामोड–६ स्यालडाँगीका २२ वर्षीय सोम हस्दा घाइते भएका थिए। उनको अनुहारमा चोट लागेको छ र हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अन्य दुई जना पनि पक्राउ परेका छन्। उनीहरूमा इलाम नगरपालिका–१२ घर भई हाल अर्जुनधारा–११ बस्ने २४ वर्षीय मनिस लिम्बू र अर्जुनधारा–११ कै १७ वर्षीय सुजल गजमेर रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments