Tuesday, February 17, 2026
spot_img
Homeगृहपृष्ठबिश्वकर्मा एकता समाज नेपाल - कुवेतले प्रेस विज्ञप्ति जारी गर्‍यो

बिश्वकर्मा एकता समाज नेपाल – कुवेतले प्रेस विज्ञप्ति जारी गर्‍यो

आर डि क्रीएशन/ ७ अक्टोबर, कुवेत। बिश्वकर्मा एकता समाज नेपाल – कुवेतले तत्कालीन २ वटा बिश्वकर्मा समाजहरु एकता भएका छैनन् भनी विभिन्न समाजिक संजाल तथा नेपाल स्थित केही अनलाइन मिडियामा प्रकाशित समाचारहरु प्रति प्रेस विज्ञप्ति जारी गर्दै गहिरो ध्यानाकर्षण भएको जनाएको छ ।

नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मका रोजगारिको सिलसिलामा कुवेत आइ विभिन्न पेशा तथा ब्यबसायमा कार्यरत बिश्वकर्माहरु लाई एक्यवद्धता बनाउने उदेश्यले कुवेतमा सन २०१६ मा स्थापना भएका नमुना बिश्वकर्मा समाज नेपाल – कुवेत र बिश्वकर्मा समाज नेपाल – कुवेतको लामो बृहत छलफल पश्चात् सन २०१९ सेप्टेम्बर २० तारिख कुवेत स्थित जलिबको पपिन्स हलमा बिश्वकर्मा बाबाको पुजा अर्चना सहित एकता घोषणा भएको थियो ।

कुवेत स्थित तत्कालीन २ वटा बिश्वकर्मा समाज पुर्णरुपमा एकता घोषणा भैसकेको हुँदा कोहि कसैले ब्याक्तिगत रीसइवी साँध्ने उदेश्यले समाजमा आवद्ध ब्याक्ती विशेषलाई गाली गलौज गर्ने वा बिश्वकर्मा समाज वा नमुना बिश्वकर्मा समाजको नामबाट कुनै काम कारवाही वा गतिविधि गरेमा अवैध ठहरिने र अवैध कृयाकलाप गर्नेहरूलाई संस्थागत रुपमा हदैसम्मको कारवाही गर्ने जनाएको छ । साथै बिश्वकर्माहरु र सरोकारवाला सबैको जानकारीको लागि प्रेस विज्ञप्ति जारी गरेको जनाएको छ ।
तलको प्रेस विज्ञप्ति जस्ताको तस्तै हेर्नुहोस ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments