Skip to main content

Rd Creation

बौद्धमा प्रतित्यसमुत्पाद देशना तथा विपश्यना ध्यान साधना शिविर संचलान हुने

अर डि क्रीएशन/२९ मे, कुवेत।
1) भवचक्र (तेन्डेल च्यूङ􀈣)- 􀍧शव खोल􀈾-प्र􀇓तत्यसमुत्पाद चक्र
राजधानीको बौद्धमा प्रतित्यसमुत्पाद (तेन्डेल च्यूङी) बारे धर्म देशना र विपश्यना ध्यान साधना शिविर संचलान हुने भएको छ ।
बौद्धस्थित प्राचीन आनुवाद एकमातृ गुरु संघ, नेपालको आयोजनमा धर्म गुरु खेन्पो ङावाङ होसेर र साथमा सधाक छेतेन नोर्गेबाट प्रतित्यसमुत्पाद (शिव खोर्लो) र विपश्यना ध्यान साधना शिविर कार्यक्रकम संचलन हुने भएको छ । कार्यक्रम सस्थाको सभाहल बौद्ध ६, तामाङ भवनको दोस्रो तल्लमा जेठ १८ गते देखि सुरु भइ २८ गते सम्म संचलन हुनेभएको छ । कार्यक्रम विहान ७ बजे सुरु भइ १० बजे सम्म संचलन हुने छ । ६ लोक ३१ भुवन समेत व्याख्या गरिनेछ ।
2 प्रतित्यसमुत्पाद

शील, समाधि र प्रज्ञालाई बुझ्न र आफ्ना मनभित्रका राग, द्वेष र मोह हटाएर चित्त निर्मल पार्न विपश्यना ध्यान नै उत्तम मानिन्छ । चित्त निर्मल बनाउने, सुख र शान्ति पाउने, निरोगी हुने, अध्ययनलाई राम्रो बनाउने र लक्ष्यमा पुग्ने चाहना राख्ने महिला, पुरुष, युवा वा पाका व्यक्तिका लागि मात्रै नभएर बालबालिकाका लागि समेत विशेष ध्यान शिविर सञ्चालन हुन लागिएको हो ।
भगवान् बुद्धको उपदेशको सार हो – धर्म सर्वदेशिक, सर्वकालीन र सर्वज्ञनिन हुन्छ । प्रकृतिका नियम तथा विश्वव्यापी विधानलाई सही रूपमा धारण गर्नु नै धर्म हो । यसमा कुनै पनि जाति, वर्ग वा सम्प्रदायको एकाधिकार हुँदैन । सूर्यको स्वभाव हो ताप र प्रकाश दिनु, चन्द्रमाको स्वभाव हो प्रकाश र शीतलता दिनु, आगोको स्वभाव हो जल्नु र जलाउनु, बरफको स्वभाव हो शीतल हुनु । यस्तै, उत्पन्न हुनु, नष्ट हुनु, उदाउनु अस्ताउनु शुद्ध धर्म हुन् ।
3) ६ लोक ३१ भुवनको सरुप ल􀂢ण
विपश्यना आजभन्दा करीब दुईहजार ५०० वर्षअघि बुद्धले स्वयंले अनुभूत गरी प्रतिपादन गरेको ध्यान विधि हो । यो ध्यान विधिले अनित्यताको बोध गर्न मद्दत गर्छ ।जुन जस्तो छ त्यसलाई साक्ष्यत भाव वा तटस्थ भावले हेर्ने विधि विपश्यना हो । ‘वि’ भनेको विशेष तवरले र ‘पश्यना’ भनेको दृष्टिगोचर गर्ने हो । शील र समाधिमा प्रतिष्ठित भई भावनामयी प्रज्ञा जगाउने पवित्र अभ्यास हो विपश्यना ।
4) प्र􀇓तत्य समुत्पाद चक्र
विपश्यना ध्यान गर्न चाहने साधकलाई झूटो नबोल्ने, प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, ब्रम्हचर्या पालन गर्ने र नशालु पदार्थ सेवन नगर्ने जस्ता नियमभित्र रहेर शिविरको पहिलो दिन श्वासप्रश्वासमा आफ्नो ध्यान केन्द्रीत गर्ने अभ्यास गर्न लगाइन्छ, जसलाई ‘आनापाना सति’ ध्यान भनिन्छ । साधकले मनको चञ्चलता यो बेला अनुभव गर्न पाउँछन् ।
उक्त कार्यक्रममा प्राचीन आनुवाद एकमातृ गुरु संघ, नेपालको कार्यालय बौद्ध-६, तामाङ भवनको दोस्रो तल्लमा उपस्थितको लागि सम्पुर्ण अस्थावन महानुभवहरुलाई आयोजकले अनुरोध समेत गरेका छन् सम्पर्क नम्बर ।०१४४८४५५५

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.