23.1 C
Kathmandu
Monday, May 19, 2025
spot_img
Homeगृहपृष्ठब्राजिलियन फुटबलर कार्लोसले भेटे प्रधानमन्त्री ओलीलाई RD Creation

ब्राजिलियन फुटबलर कार्लोसले भेटे प्रधानमन्त्री ओलीलाई RD Creation

काठमाडौँ । ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग फुटबल खेलाडी रोबर्टो कार्लोसले भेट गरेका हुन् ।

- Advertisement -

नेपाल सुपर लिग हेर्न मंगलवार नेपाल आएका ब्राजिलियन खेलाडी कार्लोस र प्रधानमन्त्री ओलीबीचको भेटमा नेपालमा खेलकुद क्षेत्रको उन्नयनका बारेमा छलफल भएको छ । ५२ वर्षका कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको राष्ट्रिय टोलीबाट खेलेका थिए ।

कार्लोस शुक्रवार नै नेपाल आउने कार्यक्रम रहे पनि स्वास्थ्य अवस्थाका कारण आउन सकेका थिएनन् । ब्राजिलले सन् २००२ को विश्वकप जित्दा कार्लोस महत्वपूर्ण खेलाडी थिए । 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १३:१९

- Advertisement -



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments