9.1 C
Kathmandu
Saturday, February 15, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठब्रेन ट्युमरस...

ब्रेन ट्युमरसंग लड्दै अस्पतालको शैयामा बुद्धकुमारी राई गुरुङ

दिलकुमार पाख्रीन/२५ जनवरी, कुवेत। १९ महिना पहिले गैरकानुनी ढंगबाट भारतको दिल्ही हुँदै घरेलु कामदारको रुपमा कुवेत आइपुगेकी साविकको खाल्टे-८ धादिङकि बुद्ध राई गुरुङ यतिबेला ब्रेन ट्युमरसंग लड्दै २२ दिनदेखि अस्पतालको शैयामा छटपटाइरहेकी छिन।

उनलाइ कुवेत ल्याउने म्यानपावर अफिस यहि हो भन्ने थाहा नपाए पनि “सारा” भन्ने भारतिय नागरिकको अफिसमा आएको उनी बताउँछिन। कुवेतिको घरमा काम गर्दा कुवेतिले शारीरिक तथा मानसिक यातना दिने गरेकाले फर्केर अफिस आउँदा महिनौँ सम्म कोठामा थुनेर राख्ने गरेको र दशैं आउँदा आफुसंग भएको ३० कुवेती दिनार घर पठाइदिनुहोस भनी दिएको पैसा समेत घर नपठाइदिएर उनिहरुले लगेपछी झ्यालबाट हाम फालेर भागेर केही समय बाहिर काम गर्दा गर्दै अस्वस्थ महासुस गरि फार्मेसीबाट औषधि समेत खाएको तर ठिक नभएपछी नेपाल फर्किनको लागि दूतावास पुगेको उनले बताइन। थप्दै उनले बताइन “कुवेतिको घरमा विभिन्न खाले पीडा सहन नसकेर अफिस आउँदा झन त्यहाँ बढी याताना भयो त्यसैले म झ्यालबाट भागेर बाहिर निस्केँ।”

आर डि क्रीएशनको टिमसंगको संवादमा उनले भनेकी छिन ‘म दूतावासमा पुगेर पनि अस्वस्थ रहेपछी दूतावासकै कर्मचारीहरुले मलाइ मुवारक अल कविर हस्पिटल लगेको थियो। तर त्यहाँबाट रिफर गरेर यो ब्रेन ट्युमर सम्बन्धिको हस्पिटलमा पठाएको हो। मलाइ दूतावासकै दुई जना कर्मचारिगरुले हस्पिटलमा छोड्नुभो तर मेरो स्थिती बुझ्न फेरि फर्केर आउनु भएन।’ पिडित बुद्ध अहिले कुवेतको सुयोखस्थित सभा हस्पिटलको नजिकैको (IBN-SINA) ब्रेनसम्बन्धिको हस्पिटलमा ६ नं वार्डमा छिन। उनको अवस्थाको बारेमा डाक्टर संग जिज्ञासा राख्दा उनको कुनै पनि परिचय पत्र नभएकोले उनको आपातकालिन उपचार भन्दा अगाडी बढ्न सकिएको छैन। जब सम्म उनको असली कुनै पनि परिचय पत्र जस्तै पासपोर्ट अथवा कुवेतको सिभिल आइडी कार्ड हस्पिटलमा आइपुग्दैन तवसम्म उपचारको प्रक्रीया अगाडि बढ्न नसक्ने बताए। पिडित बुद्धले भने कुवेतमा क्रीयाशिल संघ संस्था, नेपाली दूतावास, एन आर एन ए तथा कुवेतमा कार्यरय नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ के कसरी हुन्छ उपचार गराउन सहज वातावरण सिर्जना गरिदिनहुनको लागि आग्राह गरेकी छिन।

यश बिसयलाइ बुझ्नको लागि नेपाली दूतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मासंग कुरा गर्दा, पिडितको अवस्था बुझेर जानकारी गराउन भनेका छन। दूतावासबाट गएको भए दूतावासमा रेकर्ड हुने बताउँदै थप उनको उपचारको लागि दूतावासले के सम्म गर्न सकिन्छ त्यति गर्न तयार रहेको बताएका छन।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
spot_img
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू