Skip to main content

Rd Creation

ब्रेन ट्युमर पिडित धादिङकी बुद्ध कुमारी नेपाल फर्किइन

दिलकुमार पाख्रीन/२४ जनवरी, कुवेत। विगत झन्डै दुई महिनादेखी कुवेतको सुयोखस्थित IBN-SINA हस्पिटलमा ब्रेन ट्युमर संग लडिरहेकी धादिङकी बुद्ध कुमारी राई गुरुङ नेपाल पुगेकी छिन। आर डि क्रीएशन मार्फत समाचार बाहिरिएपछी एन आर एन ए को ध्यान केन्द्रित हुँदै एन आर एन ए र नेपाली दूतावास कुवेतको सहकार्यमा पिडित नेपाल पुग्न सफल भएकि हुन।

Advertisements

पिडित बुद्ध कुमारि हिजो साँझ ६ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमन एयरवेजबाट ओमनको मस्कट हुँदै आज बिहान नेपालको स्थानीय समय अनुसार ९ बजे काठमाडौ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएकी थिइन। कुवेतबाट एन आर एन ए कुवेतले अन्तरास्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष डोलराज न्यौपानेको साथमा पाठाएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पिडित राइका पति र छोरा उनलाइ लिन आइपुगेका थिए। बिरामी बुद्धकुमारी राई उनका परिवारलाइ जिम्मा दिइसकेको डोलराज न्यौपानेले आर डि क्रीएशनलाइ जानकारी गराएका छन। एन आर एन ए कुवेतले पिडित र उनलाइ लिएर जाने न्यौपानेको टिकटको ब्यबस्था गरेको थियो। साथै एन आर एन ए अध्यक्ष सुमित्र देवि पौडेलले बिरामिलाइ बाटो खर्च समेत सहयोग गरेकी छिन।

थप विस्तृत जानकारी आर डि क्रीएशनको युट्युब च्यानलमा केही बेरमा भिडिद्वारा सार्वजनिक गरिँदैछ क्रीपया प्रतीक्षा गर्नुहोला।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.