Skip to main content

Rd Creation

ब्रेन ट्युमर पिडित बुद्ध कुमारी राई गुरुङप्रती NRNA को चासो

आर डि क्रीएशन/३० डिसेम्बर, कुवेत। विगत झन्डै एक महिनादेखी ब्रेन ट्युमर जस्तो प्राणघातक रोग संग कुवेतको IBN-SINA हस्पिटलको शैयामा लडिरहेकी धादिङको बुद्ध कुमारी राई गुरुङको अवस्था बुझ्न एन आर एन ए कुवेत हिजो हस्पिटल पुगेका छन। एन आर एन ए कि कार्यवाहक अध्यक्ष सुमित्र देवि पौडेल, सचिव उमेश पुडासैनी र सदस्य गीता गुरुङको टोलि हिजो पिडित उपचाररत हस्पिटल पुगि पिडितको अवस्थाको बारेमा बुझेको सचिव उमेष पुडासैनीले आर डि क्रीएशनलाइ जानकारी गराएका छन।

आर डि क्रीएशनले यश बिसयमा समाचार सम्प्रेषण गरेपछी एन आर एन ए को ध्यानाकर्षण भएको हो। पिडितको साथमा परिचय खुल्ने कुनै कागजात नभएको कारण उपचारको प्रक्रिया अघि बढ्न सकेको छैन। अहिले उनी प्राथमिक उपचार गराउँदै हस्पिटलको बेडमा ब्रेन ट्युमरसंग लडिरहेकी छिन।

सचिव पुडासैनीले अब छिटोभन्दा छिटो एन आर एन एले उनको पासपोर्टको खोजी गरि पिडितको उपचारमा सहजताको लागि एन आर एन ए ले काम गर्नेछ। किनकि आधिकारिक परिचय खुल्ने कागजात हस्पिटलमा बुझाए पछि मात्र उपचारको प्रक्रिया अगाडी बढ्ने हस्पिटलले जनाएको छ। कति समय लाग्ने, कति खर्च हुने वा कसरी उपचारको प्रक्रिया अगाडि बढ्ने भन्ने सम्बन्धी जानकारी उपचारको प्रक्रिया अघि बढे पछि मात्र मिल्नेछ। हस्पिटललले यश बिसयमा उनको आधिकारिक परिचय खुल्ने कागजात बिना बिरामिको उपचारको बारेमा थप बोल्न नमिल्ने बताउँछन।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.