Home स्वास्थ्य ब्रेन ह्याम्रेजको कारण अचेत अवस्थामा कुवेतमा उपचार गराइरहेको सुरेशबहादुर खत्रीको निधन

ब्रेन ह्याम्रेजको कारण अचेत अवस्थामा कुवेतमा उपचार गराइरहेको सुरेशबहादुर खत्रीको निधन

ब्रेन ह्याम्रेजको कारण अचेत अवस्थामा कुवेतमा उपचार गराइरहेको सुरेशबहादुर खत्रीको निधन
dav
dav

दिलकुमार पाख्रीन/१९ फेब्रुअरी, कुवेत। कुवेतको हस्पिटलमा साढे दुई महिनादेखी अचेत अवस्थामा उपचार गराइरहेका झापा गोल्धाप घर भइ लामो समयदेखी पोखरा महानगरपालिका वडा नं १६ लामाचौर बस्ने ०७१३९३९७ नं राहदानी वाहक सुरेश बहादुर खत्रीको हिजो मंगलबार उपचारकै क्रममा निधन भएको नेपाली दूतावासकि द्वितीय सचिव जानकी ओझाले जानकारी दिनुभएको छ।

खत्रीलाइ गत डिसेम्बर ६ तारिक एक्कासि बेहोस भए पछि एम्बुलेन्सद्वारा हस्पिटल पुर्‍याइएको थियो। अचेत अवस्थामा उपचार भैरहेको र उनलाइ नेपाल पठाउन भनी २२ डिसेम्बरका दिन गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतलाइ उनको परिवारले निवेदन पेश गरेका थिए। त्यसपछी NRNA/NCC कुवेतको अध्यक्ष सहितको टोलि अस्पताल पुग्दा खत्रीको ब्रेम ह्याम्रेजको कारण कोमामा रहेको उपचारमा संलग्न डाक्टरले जानकारी गराएका थिए। उनको उपचारमा सुधार नहुँदै हिजो मंगलबार उनले संसार त्यागेका छन।

खत्री झन्डै २० बर्ष देखि कुवेतमा कार्यरत थिए। पछिल्लो समय उनी कुवेतको प्रतिष्ठित एजिलिटी कम्पनिमा कार्यरत थिए।