Thursday, January 22, 2026
spot_img
Homeखेलकुदभलिवल क्लव कुवेतको आयोजनामा अन्तर नेपाली भलिबल प्रतियोगिता सम्पन्न, उपाधी अल्घानिम कम्पनिको...

भलिवल क्लव कुवेतको आयोजनामा अन्तर नेपाली भलिबल प्रतियोगिता सम्पन्न, उपाधी अल्घानिम कम्पनिको पोल्टामा

 

राम्रो दृष्टि/ १ डिसेम्बर, कुवेत। नेपाल भलिवल क्लब कुवेतले आयोजना तथा BEC एक्सचेंज प्रायोजनमा महाबुल्ला कुवेतमा आज आयोजति खुल्ला भलिवल प्रतियोगिताको उपाधि अलघानिम कम्पनिले जितेको छ। आज सम्पन्न प्रतियोगिताको फाइनल खेलमा मुना मायदी टिमलाइ हराउदै अलघानिम उपाधि चुम्न सफल भएको हो । प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल मुना मायदी टिमले सेमिफ़ाइनलमा बागलुङ सेवा समाजलाइ हराएको थियो भने अलघानिमले कल्याणकारी नेपाली समाज कुवेतलाइ हराउदै फाइनलको यात्रा तय गरेको थियो ।
आयोजकले प्रथम हुने टिमलाइ नगद १०० केडी , मेडल, ट्रफि , प्रमाण पत्र र दोस्रो हुने टिमलाइ ५० केडी ,मेडल, ट्रफि , प्रमाण पत्र पुरस्कार प्रदान गरेको छ ।
साथै प्रतियोगिता कै बेस्ट खेलाडिको रुपमा मुना मायदीका खेलाडी केस कुमार पुर्जालाइ मेडल तथा रेफ़्री र कुवेतमा कृयाशिल अनलाइन मिडियालाइ पनि मायाको चिनो सहित सम्मान गरेको छ ।

१४ टिमले सहभागिता जनाएको उक्त प्रतियोगिता एकदमै भब्य र सब्य रुपमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएकोमा खुसि ब्यक्त खेल संयोजक राज मल्लले स्पोन्सर BEC , सहभागी टिम , आयजोकका प्रतिनिधि सदस्यहरु , कुवेतमा सन्चालित सबै मिडिया हाउस लयागत सम्पूर्ण प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाइ धन्यबाद ज्ञापन गरेका छन ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments