Skip to main content

Rd Creation

भोजपुरको तालखर्कमा श्रीमानद्वारा श्रीमतिको हत्या, आफू पनि झुन्डिएर आत्माहत्या

राम्रो दृष्टि/ २८ अगस्ट, कुवेत। भोजपुरको उत्तरी षडानन्द नगरपालिका ९, किमालुङको तालखर्कस्थित एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन्। स्थानीय ४० वर्षीय बुद्धिमान राईले २८ वर्षीया श्रीमती ईन्द्रकला राईलाई धारिलो हतियारले हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ।

Advertisements

शुक्रबार राती १० बजेतिर घरायसी विवादमा राईले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको र घरदेखि करिब ४० मिटर तलको दुधेलोको रुखमा आफू पनि झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले जानकारी दिए।

प्रहरीका अनुसार राती सुतिरहेका बेलामा आमालाई बोलाउने क्रममा आमालाई मृत देखेपछि ८ वर्षीय छोराले घरदेखि केही पर रहेको हजुरआमा पर्नेलाई खबर गरेका थिए। त्यसपछि स्थानीयबासीमा खैलाबैला भएको थियो। पछि बाबुलाई खोज्ने क्रममा उनी पनि रुखमा झुन्डिएको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिएसपी राईले बताए। मृतक दुवैका ८ वर्षीय छोरा र एक छोरी छन्। अन्नपूर्ण पोस्टबाट

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.