Tuesday, February 17, 2026
spot_img
Homeगृहपृष्ठभोजपुर बजारमा नेकपा बिपलव र प्रहरी बिच गोलि हानाहान हुँदा दुइको मृत्यु...

भोजपुर बजारमा नेकपा बिपलव र प्रहरी बिच गोलि हानाहान हुँदा दुइको मृत्यु भएको पुष्टि

आर डि क्रीएशन/१० जुलाइ, कुवेत। आज बुधबार बिहान भोजपुर बजारस्थित पाँचधारे होटलमा प्रहरी र नेकपा बिपलव समुहबिच गोलि हानाहान हुँदा प्रहरी जवान एवं माननीय सांसद सुदन किरातिको बडिगार्ड समेत रहेका सञ्जिव राई र बिपलव समुहका ओखलढुंगा इन्चार्ज निरकुमार राइको गोलि लागि मृत्यु भएको पुष्टि भएको छ।

आज बिहान सव ८ बजेतिर चिया पिउन पाँचधारे होटलमा बसिरहेका बिपलव समुहका इन्चार्ज निरकुमार प्रहरिको गस्ती टोलि देख्ने बित्तिकै अत्तालिएर प्रहरि माथी गोलि चलाएका थिए। गोलि लागि प्रहरी जवान चिरञ्जीवी राई ढलेपछी प्रहरिले जवाफी फायरिङ गर्दा इन्चार्ज निरकुमार राइको पनो मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन। इन्चार्ज राइको साथबाट एक थान चाइनिज पेस्तोल र ५ थान गोलि बरामब भएको प्रहरिले जनाएको छ। भोजपुर सदरमुकाममा बिपलव समूह हतियार सहित प्रवेश गरेको गोप्य सुचनाका आधारमा प्रहरीले सुरक्षामा कडाइ गरेको थियो। अहिले मृत्यु भएको दुव शव भोजपुर जिल्ला अस्पतालमा राखिएको छ।

अहिले भोजपुर बजार बन्द जस्तै छ भने अन्य विद्रोही पनि हतियारसहित रहेको हुन सक्ने आशंकामा सुरक्षाका लागि एक नं प्रदेशबाट थप प्रहरिहरु घटनास्थल तर्फ लागेको सुरक्षा स्रोतले बताएका छन। केही महिना अघि नेत्रबिक्रम चन्द नेकपा बिपलबलाइ नेपाल सरकारले राजनैतिक प्रतिबन्ध लगाएपश्चात बिपलव समुहले बेला बेला हिंसात्मक क्रीयाकलाप गर्दै आइरहेका छन।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments