Tuesday, January 13, 2026
spot_img
Homeगृहपृष्ठभ्रष्टाचार विरुद्ध ठाडो आवाज उठाउने अनिल तामाङ सम्पर्क विहिन, अपहरणमा परेको हुनसक्ने...

भ्रष्टाचार विरुद्ध ठाडो आवाज उठाउने अनिल तामाङ सम्पर्क विहिन, अपहरणमा परेको हुनसक्ने शंका

आर डि क्रीएशन/ २३ जुन, कुवेत। भ्रष्टाचारि विरुद्ध आवाज उठाउने एक होनहार युवा आर्यान भनिने अनिल तामाङ हराएको सुचना प्राप्त भएको छ। गत शनिबारदेखि सम्पर्कमा नरहेका आर्यन तामाङलाइ अपहरण गरिएको हुनसक्ने शंका धेरै जनमानसले गरेका छन।

पछिल्लो समयमा आफुले काम गर्ने कम्पनिले कर छली तथा कालोबजारी गर्न आफुलाइ प्रयोग गरेको र अरवौंको कालोबजारी हुने गरेको कुरा विभिन्न मिडियाबाट सार्वजनिक गर्दै आएका थिए। उनले आफुले काम गरिरहेको कम्पनिले गरेको कालोबजारी र कर छलिको रिपोर्टिङ गर्न र पर्दाफास गर्न न्युज २४ द्वारा सिधा कुरा जनतासंग मार्फत अनुरोध गर्दा रवि लामिछाने र उनको टिमले कालोबजारी संग मिलेर घुस खाएर त्यो रिपोर्टिङ नगरेको सार्वजनिक कार्यक्रम र विभिन्न मिडियामा बोलेका थिए। त्यसो त उनलाइ रवि लामिछानेको सिधा कुरा जनतासंग कार्यक्रममा उनले आफुसंग भएको प्रमाण पेश गरेकै दिन राती प्रहरीले अपहरणको शैलिमा गिरफ्तार गरेको कुरा पनि सार्वजनिक गरेका थिए। उनले रवि लामिछानेकै टिमले प्रहरिसंगको मिलेमातोमा आफुलाइ अपहरण गरेको समेत शंका गरेका थिए।

यस घटना सकिन नपाउँदै रवि लामिछानेको कार्यक्रम सिधा कुरा जनतासंगको कार्यक्रमबाट गत शनिबारको एपिसोडमा आफुहरुलाइ आरोप लगाउने आर्यान भनिने अनिल तामाङले आफुले काम गरेको कम्पनी लक्ष्य इन्टरप्राइजेजसंग आफू संग भ्रष्टाचार र कर छलिको प्रमाण भएको र २५-३० लाख फिरौती नदिए ज्यान मार्ने धम्की दिएको रहेछ भन्दै लक्ष्य इन्टरप्राइजेजका संचालक धिरज अग्रवालद्वारा बालाजु प्रहरी चौकिमा दिएको उजुरी र प्रहरी डि एस पि बालनरिसंह राणासंगको अन्तरवार्ता बजाएका थिए। त्यति मात्रै होइन उनले बारम्बार भनिरहेका थिए कि आर्यन तामाङसंग प्रत्यक्ष कुराकानी गर्न बिहानदेखी नै सम्पर्क गर्न खोजिएता पनि सम्पर्क हुन सकि नरहेको छ भनेर। कार्यक्रमको अन्ततिर उनले आफ्न सहयोगी टिभी जर्नलिस्टले आर्यन तामाङको फोन स्विट्च अफ रहेको जानकारी दिएको समेत भनेका थिए।

आर्यान तामाङ सम्पर्कमा नरहेको कुरा गुड टिभी युट्युब च्यानलकी भिजे गंगा लामा र समाजसेवी आङ कामी शेर्पाले आफ्नो मुहार पुस्तिकाको भित्तामा सम्प्रेषण गरेका छन। गंगा लामाले आफान्तहरुसंग छन कि भनेर आइतबार दिनभर खोजी तथा सोधपुछ गर्दा कहिँ नभेटिएपछी आज सोमबार प्रहरी चौकिमा बुझ्न जाँदै गरेको कुरा लेखेकी छिन।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments