Skip to main content

Rd Creation

मगर सँघ कुवेतले माघे सकराती १४ जनवरी २०२२ मा मनाउँदै

राम्रो दृष्टि/०५ डिसेम्बर २०२१, कुवेत। कुवेतवासी नेपालीहरुबीच सकृय रुपमा कृयाशिल रहेको जातिय संस्था नेपाल मगर सँघ शाखा कुवेतले मगर समुदायको राष्ट्रिय तथा साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड “माघे सकराती” यहि आगामी १४ जनवरी २०२२ शुक्रबारका दिन मनाउने भएको छ।

Advertisements

गत ०३ डिसेम्बर २०२१ मा सँघका अध्यक्ष मनु भुजेल मगरको अध्यक्षतामा बसेको ११७औं नियमित बैठकले छलफलका साथ कुवेतको वर्तमान अवस्थामा पनि मध्यनजर गर्दै उक्त निर्णय गरेको हो। कुवेतको ओफरा भन्ने स्थानमा आयोजना गरिने माघे सकराती कार्यक्रम कुवेतमा कृयाशिल रहेका सम्पूर्ण नेपाली सँघ-संस्थाका प्रतिनिधिहरुलाई अतिथिको रुपमा निमन्त्रणा गरि मनाउईने भएको छ।

स्थापना कालदेखी नै मगर सँघ कुवेतले माघे सकराती तथा मगर दिवस जस्ता पर्वहरु सामुहिक रुपमा कुवेतवासी नेपालीहरुबीच मनाउँदै आएको छ। कार्यक्रममा स्थिती हेरेर मगर संस्कृतिमा आधारित नाचगानहरु प्रस्तुत गरिने छन भने सम्पूर्ण उपस्थित पाहुनागणलाई बिभिन्न मगर परिकारहरुको जलपान तथा भोजन गराईने छ।

मगर जातिय भाषा, संस्कृति, भेषभूषा एवं मौलिकतालाई जगेर्णा गर्दै सँघको केन्द्रिय बिधानमा आस्थावान रहि कुवेतमा स्थापित अन्य नेपाली सँघ-संस्थाहरुसँग पनि सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्यका साथ मगर सँघ कुवेत १५ जून २०१२ मा तत्कालिन केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको बिशेष उपस्थितिमा स्थापना भएको थियो।

पुनश्च्व:
मिति: १४ जनवरी २०२२, शुक्रबार
समय: पूर्वान्ह ११ बजे, उप्रान्त
स्थान: ओफरा कुवेत (बिस्त्तृत जानकारी पुन. गराइने छ)

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.