लनम तामाङ/ ३१ जनवरी, मलेसिया। नेपालको विभिन्न ठाउँबाट मलेसियामा व्यावसायिक तथा रोजगारीको सिलसिलामा मलेसियाका जोहोरबारु स्थित बस्दै आउनु भएको नेपाली तामाङ समुदायका सकृय युवाहरुको सकृयतामा तामाङ जातिको उत्थान ,भाषा धर्म र साँस्कृतिको सम्बर्द्धन गरौं ,२८५५ सोनाम ल्होछार फाग ड्वा ल्हो (सुंगुर बर्ग )भब्यताका साथ सफल पारौं भन्ने मुल नाराका साथ स्थानीय कलाकार गायक ,मोडल डान्सर तथा (क्यरिकेचर) हास्यव्यंग्य कलाकारहरुको बेजोड प्रस्तुतिमा जोहोरको सेनाइ स्थित एकाउन्ट सेभको जिम हल संगैको हलमा फेव्रुअरी 10 मा बृहत संगीतिक कार्यक्रम रहेको संयोजन दिनेश थिङ तामाङले बताउनुभयो। सथै यसै अन्लाईन समाचारको माध्यमबाट मलेसियामा रहनु हुने तमाम नेपाली दाज्युभाइ दिदिबहिनीहरुको गरिमामय उपस्थितका लागि हार्दिक निमन्त्रणा अपिल गर्दछौ।
साथै संयोजक तामाङको अनुसार यसै कार्यक्रममा सोनाम ल्होछारको शुभकामना आदानप्रदान गरि विशेष रूपमा रोजगारीको सिलसिलामा प्रबास रहनु हुने आम नेपाली तामाङ समुदायका सकृय युवाहरुलाई संगठित गर्दै नेपाल प्रवासी तामाङ युवा मंञ्च गठन गरि सो कार्यक्रम आयोजना हुना लागेको बताउनु भयो।
आयोजक: नेपाल प्रवासि तामाङ युवा मन्च
मिति: १० फेब्रुअरी २०१९
स्थान: जोहोर, सेनाइ (अकाउन्ट सेभको जिम हल संगैको हलमा)