Thursday, January 22, 2026
spot_img
Homeगृहपृष्ठमहाकुम्भ मेला हिँडेको बस बबईमा दुर्घटना, ३६ जना घाइते

महाकुम्भ मेला हिँडेको बस बबईमा दुर्घटना, ३६ जना घाइते

काठमाडाैं ।

सुर्खेतबाट तीर्थयात्री बोकेर भारतको महाकुम्भ मेला जाँदै गरेको बस बबईमा दुर्घटनामा परेको छ।

सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिक भे १ ख ४३३१ नम्बरको बस दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार भारतको महाकुम्भ मेलामा जान लागेको बस आइतबार साँझ ५ बजेतिर दुर्घटनामा परेको हो। बसमा करिब ४३ जना यात्रु सवार थिए।

दुर्घटनामा ३६ जना घाइते भएका छन। घाइतेहरूको उद्धार गरेर उपचारका लागि कोहलपुर शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments