
तनहुँ : बेंसीशहरबाट तनहुँको डुम्रेतर्फ जाँदै गरेको स्कुटर र काठमाडौँबाट लमजुङको बेंसीशहरतर्फ आउँदै गरेको माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
तनहुँको नेपाल डाँडा नजिकै आइतबार दुर्घटना भएको हो । स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको र माइक्रोबसमा सवार एक जनाको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0