Tuesday, January 13, 2026
spot_img
Homeखेलकुदमाउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको आठौ महाधिवेशन तथा वार्षिकोत्सब आगामी २० डिसेम्बर २०१९...

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको आठौ महाधिवेशन तथा वार्षिकोत्सब आगामी २० डिसेम्बर २०१९ गर्ने

आर डि क्रीएशन/३० नोवेम्बर २०१९ कुबेत। बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको आठौ महाधिवेशन तथा वार्षिकोत्सब आगामी डिसेम्बर महिनाको २० तारिक शुक्रबारको दिन कुबेतको फर्वानिया स्थित युनिक अडिटोरियम हलमा गर्ने भएको छ।

हिज मिती २९ नोवेम्बर शुक्रवारका दिन कुबेतको फर्वानीया स्थित पार्कमा ईन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा बसेको क्लबको २२५ मासिक बैठकले केही महत्वपूर्ण बिषयमा छलफल गर्दै आगामी डिसेम्बर महिनाको २० तारिक शुक्रबारको दिन गर्ने तय गरेको हो।

कुवेत नगरिमा पुरानो तथा बिशेषगरी खेलकुद क्षेत्रलाइ अगाड़ी बढाउँदै बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । क्लवका अनुसार, आगामी नेतृत्व अझ सशक्त रुपमा अगाडि बढ्दै आफ्नो कार्ययोजना सफल पार्ने छ । क्लवको नयाँ नेतृत्वको लागि को-को प्रतिश्पर्धामा छन त भन्ने सवालमा क्लवले भनेको छ, “कसैले प्रतिश्पर्धा गर्ने छैनन् जुन संस्था प्रति इमान्दार र स्वच्छ छवि भएको र संस्थालाई आत्मसात गर्दै अगाडि बढाउन सक्षम छ त्यस्तो ब्यक्तित्व नै नयाँ नेतृत्वमा सर्व-सहमतिमा चुनिने छ।

उक्त अधिबेशन तथा वार्षिकोत्सब लाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु लाई कार्यक्रममा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम: आठौ अधिबेशन तथा वार्षिकोत्सब
समय: बिहान ११ बजेदेखि
मिति: २० डिसेम्बर २०१९ शुक्रबार
स्थान : युनिक अडिटोरियम हल फर्वानिया
आयोजक : माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेत

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments