Skip to main content

Rd Creation

माओवादी केन्द्रका प्रवास संगठन जनप्रगतिशिल मञ्च कुवेतबाट केन्द्रलाइ १ लाख २३ हजार सहयोग


राम्रो दृष्टि/ १६ जुन, कुवेत। नेकपा माओवादी केन्द्रको वैदेशिक भातृ संगठन नेपाली जन-प्रगतिशिल मञ्च कुवेतले पार्टी केन्द्रले स्थापनका गरेको कोरोना रोकथाम नता नियन्त्रण कोषमा रू १ लाख २३ हजार १ सय ५० रूपैयाँ सहयोग पठाएको छ । मञ्चले सो रकम बराबर हुन आउने ३२५ केडि ५०० फिल्स मञ्चका सदस्यहरूसँग संकलन गरि पठाएको कुरा मञ्चका सचिब राजन श्रेष्ठले राम्रो दृष्टिलाइ जानकारी दिएका हुन् ।
मञ्चले सो रकम मञ्चमा आवद्ध २६ जना सदस्यहरू मार्फत संकलन गरि पठाएको हो ।

Advertisements

सहयोग बारे बोल्दै मञ्चका अध्यक्ष मनु भुजेल मगरले भने, नेकपा माओवादी केन्द्रको प्रवास समन्वय कमिटीले विश्वव्यापी महामारी कोरोनाको दोश्रो लहर नेपालमा पनि फैलिएपछि पार्टी मातहत कोरोना रोकथाम तथा नियन्त्रण राहत कोष खडा गरिएको जानकारी गराउँदै सबै वैदेशिक भातृ संगठनहरूलाइ राहत कोषमा सहयोग पठाउन केन्द्रले परिपत्र गरेको थियो । त्यस लगत्तै नेपाली जन-प्रगतिशिल मञ्च कुवेतको बैठक बसि मञ्चमा आवद्ध पार्टीप्रति निष्ठावान कार्यकर्ताहरूलाइ स्वैच्छिक सहयोग गर्न अनुरोध गरिएको थियो ।
सोही क्रममा मञ्चमा आवद्ध प्रवासी श्रमिक दाजुभाइ दिदीबहिनीहरूमार्फत स्वेच्छिक रूपमा रकम संकलन गरि सहयोग पठाइएको हो।
अध्यक्ष भुजेलले थपे, हामी प्रवासीहरूहरूलाइ राज्यले जतिसुकै उपेक्षा गरे पनि मुलुकलाइ अप्ठेरो पर्दा सधैं नै प्रवासीहरूले सहयोग गरेको स्मरण गराउँदै मुलुकमा दैविक, प्राकृतिक विपत्ति पर्दा होस वा कुनै पनि सेवामुलक कार्य शुरूवात हुँदा होस वा राज्यले सहयोगको अपेक्षा गरेको कुनै पनि बेला किन नहोस प्रवासी नेपालीहरूले एक कदम अघि बढेर देश र जनताको लागि आफ्नो क्षेत्रबाट योगदान दिएको बताउँदै आफू नै आवद्ध पार्टीले महामारी रोकथामको लागि सहयोगको अपेक्षा गरेको बेलामा त पछि हट्ने कुरै भएन ।
उनले यस्तो विपत्तिमा देशलाइ सहयोग गर्ने सबै सहयोगी मनहरुलाइ हार्दिक आभार सहित धन्यवाद ज्ञापन समेत गरेका छन।
मानविय र सामाजिक सेवाका लागि स्वेच्छिक सहयोग गर्ने सदस्यहरू यसप्रकार रहेका छन् ः

१. मनु मगर -२५ केडि
२.कुमार झापाली – २० केडि
३.अमृत तामाङ घिसिङ – २०.५ केडि
४.कोषराज राइ – १५ केडि
५.राजन श्रेष्ठ- २०केडि
६.दामोदर बटाला – १० केडि
७.दिल कुमार पाख्रिन -६ केडि
८.सुजन केसि – २१ केडि
९.तिल सुब्बा – १० केडि
१०.बिकास सापकोटा – १० केडि
११.इलाज श्रेष्ठ – ५ केडि
१२. श्याम पराजुली – २५ केडि
१३. युवक राइ – १० केडि
१४.केदार आले मगर – २० केडि
१५.आनन्द आचार्य – ११ केडि
१६.राजु धिमाल (- १० केडि
१७.चन्द्र गोतामे निरन्जन – १० केडि
१८. माधब पौडेल असल यात्री – ११ केडि
१९.. वुद्धि गुरूङ – १० केडि
२०.कमल भण्डारी – १० केडि
२१. कमल कुमार राइ – १० केडि
२२. मिलन तामाङ – ५ केडि
२३. नारायण श्रेष्ठ – ५ केडि
२४. ललिता थापा मगर – १० केडि
२५. प्रदिप लवागुन – ५ केडि
२६. सुर्य लामा -१० केडि

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.