Friday, January 16, 2026
spot_img
Homeगृहपृष्ठमानव तस्कर लोप्साङ लामालाइ भारतिय पुलिसले पानीमुनिबाट समात्यो

मानव तस्कर लोप्साङ लामालाइ भारतिय पुलिसले पानीमुनिबाट समात्यो

२१ जनवरी, कुवेत। नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुँखार मानब तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

दिल्लीको वजिराबाद बस्ने ओखलढुङगाका लामालाई दिल्ली प्रहरीको विशेष सेलले यमुना नदीभित्र प्रवेश गरी पक्राउ गरेको हो।

प्रहरीले आफ्नो पिछा गरिरहेको थाहा पाएपछि लोप्साङले यमुना नदीमा हाम्फालेका थिए। प्रहरीले नदीमै हाम्फालेर उनलाई पक्राउ गरेको हो। दिल्ली प्रहरीले नेपाली राहदानी बाहक लामालाइ पक्राउ गर्नेका लागि एक लाख भारतीय रूपैयाँ पुरस्कार घोषणा समेत गरेको थियो।

पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

‘बौद्ध गुम्बामा प्रार्थना गरेर फर्किरहेको सूचना पाएपछि प्रहरीले चारैतिरबाट घेरा हालेको थियो। प्रहरीले आत्मसपर्मण गर्न आह्वान गर्यो तर उनी यमुना नदीमा हाम्फालेर भाग्न खोजे। तीन प्रहरीले नदीमै हाम्फालेर उनलाई पक्राउ गरेका छन्’, विशेष सेलका डिसिपी सञ्जीवकुमार यादवले भने।

दलालमार्फत नेपाली युवती भारत पुर्याउने र उनीहरूलाई भारतका विभिन्न सहरहरुबाट खाडी र अफ्रिका पठाउने कार्यमा लामा संलग्न थिए। लामाको गिरफ्तारीले मानब तस्करीको एउटा ठूलो गिरोहको पर्दाफास हुने अनुमान गरिएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार लामा ८ साउन २०७५ मा उद्दार गरिएका १६ नेपाली युवतीले पहिचान गरेका आरोपी हुन्। यो घटनापछि भारतीय प्रहरीले लामाको खोजी थालेकाे थियो। यही साउनमा दिल्ली महिला आयोगले भारतको राजधानी नयाँ दिल्लीको मुनिरका क्षेत्रबाट १६ नेपाली युवतीको उद्धार गरेको थियो।

आयोगकी अध्यक्ष स्वाती मलिवालको नेतृत्वमा गएको टोलीले ८ साउन २०७५ को मध्यराती उद्दार गरेको थियो। मुनिरका क्षेत्रको एउटा घरमा थुनेर राखिएका ती नेपाली युवतीहरूलाई अवैध बाटो भएर कुवेत र इराक पठाउने तयारी भइरहेको थियो।

मुनिरका स्थित भाडाको घर लामाको नाममा रहेको खुलेपछि भारतीय सुरक्षा निकाय खोजी त्यहीँ केन्द्रित गरेकाे थियो। अध्यक्ष स्वातीले त्यसबेला यसअघिसमेत मानव तस्करहरूले सात युवतीलाई दिल्ली हुँदै बाहिर पठाएको बताएकी थिइन्। -नेपालखबर

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments