Monday, April 13, 2026
spot_img
Homeगृहपृष्ठमिक्लाजुङका सबै ८ वडाको मतगणना सम्पन्न: शेर्मा पहिलो, मिक्सो दोस्रो RD Creation

मिक्लाजुङका सबै ८ वडाको मतगणना सम्पन्न: शेर्मा पहिलो, मिक्सो दोस्रो RD Creation


पाँचथर ।  प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत पाँचथरको मिक्लाजुङ गाउँपालिकाका सबै ८ वडाको मतगणना सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्मको मतपरिणाममा हस्तराज शेर्मा (माटो) अग्रस्थानमा रहेका छन्।

प्राप्त मतपरिणाम अनुसार हस्तराज शेर्मा ले २ हजार ८ सय ९५ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा हर्क नेम्वाङ मिक्सो (तारा) १ हजार ८ सय २४ मतसहित रहेका छन्।

यस्तै अइन्द्र सुन्दर नेम्वाङ (सूर्य) ले १ हजार ६ सय ४ मत प्राप्त गरेका छन् भने नरेन्द्रकुमार केरुङ (रुख) ले १ हजार २ सय ३० मत पाएका छन्।

अन्य उम्मेदवारमध्ये टेकबहादुर लिम्बू (बाँसुरी) ले ३६४, महेन्द्र विक्रम थाम्सुहाङ (घण्टी) ले ३११ र तेजकुमार कुरुम्बाङ (हलो) ले ११७ मत प्राप्त गरेका छन्।

दापसहितको खुकुरी मा १९, ढल्केको छाता मा ५, जाँतो मा ३१, आँखा मा १६ र घर चिन्हमा ३२ मत परेको छ।

मिक्लाजुङका ८ वडाबाट गरी ८ हजार ९ सय ३४ मत गणना भएको छ भने ४ सय ४७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मिक्लाजुङको मतगणना सकिएसँगै अहिले तुम्बेवा गाउँपालिका वडा नं. १ को मतगणना सुरु भएको छ। पाँचथर जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि कुल ६० वडा रहेका छन् र अन्य वडाको मतगणना क्रमशः जारी रहेको जनाइएको छ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments