Tuesday, February 17, 2026
spot_img
Homeविदेशमामुजैनी एक्सचेञ्ज कुवेतबाट ४ जना ग्राहकहरुले २०/२० हजार नगद जिते।

मुजैनी एक्सचेञ्ज कुवेतबाट ४ जना ग्राहकहरुले २०/२० हजार नगद जिते।

राम्रो दृष्टि/ ०७ डिसेम्बर, कुवेत। अल मुजैनि एक्सचेञ्ज कुवेतले नेपालिहरुलाइ मात्रै लक्षित गरि नमस्ते नेपाल महोत्सव प्रोमोशन जारी गरेको छ। उक्त महोत्सवमा नेपाली ग्राहकहरुका लागि मात्र १० लाख धनरासि उपहार स्वरुप राखिएको छ।

आउँदै गरेको चाडपर्वहरु ल्होसार, क्रीस्मस, अंग्रेजी नयावर्ष, उधौली पर्व, मकर सक्रान्ती जस्ता चाडपर्वहरु लाइ मध्यनजर गरी यो प्रमोसनलाइ ‘नमस्ते नेपाल’ महोत्सव नामांकन गरिएको अल मुजैनी एक्सचेञ्ज कुवेतका नेपाली बजार ब्यबस्थापक राम बस्नेतले जानकारी दिनुभएको छ।

यो प्रोमोशनमा नेपालिहरुले नेपालमा पैसा पठाएवापत उनिहरुको ट्रान्ज्यक्सन नम्बर सिधा प्रोमोशनको ड्रमा प्रवेश गर्दछ। इलेक्ट्रोनिक डिभाइसबाट सिस्टममा प्रवेश भएका ट्रान्ज्यक्सन नम्बरहरुमध्यबाट विजेता छानिने यश प्रोमोशनमा प्रोमोशन सुरु भएदेखि ह्वात्तै बढेको छ भने ती मध्ये नेपाल पैसा पठाउने ४ जना ग्राहकहरुले साप्ताहिक विजेताको रुपमा पहिलो हप्ता ३ जनाले प्रतिब्यक्ती नगद नेपाली रुपैयाँ २०/२० हजार जितेका छन। विजेताहरुमा कृष्ण प्रसाद दाहल- रिगाइ एरिया साखा नम्मर-२ बाट, प्रेम बहादुर मुक्तान – फाहिल एरिया साखा-३ बाट र बिजय साहनी – फाहील एरिया साखा-३ बाट र मोहमदु एम मोहमदुले अहमादी शाखाबाट विजेता बनेका छन।


तत्काल अर्का विजेता मोहमदु एम मोहमदुलाइ अहमदि साखाबाट पुरस्कार वितरणको तालिका रहेको छ भने यो प्रोमोशन अवधि ११ फेब्रुअरी २०२२ सम्म लागू हुनेछ ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments