24.7 C
Kathmandu
Tuesday, May 13, 2025
spot_img
Homeगृहपृष्ठमुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय अध्यक्षमा हारुन हलवाई र उपाध्यक्षमा तैयव हुसेन निर्वाचित

मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय अध्यक्षमा हारुन हलवाई र उपाध्यक्षमा तैयव हुसेन निर्वाचित






प्रकाशित मिति: सोमबार, बैशाख २२, २०८२   
समय: ४:५९:४०





सुनसरी / नेपालगन्जमा सम्पन्न मुस्लिम इत्तेहाद सङ्गठनको सातौं राष्ट्रिय महाधिवेशनले बाँकेका मोहम्मद हारुन हलवाईलाई केन्द्रीय अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ।

महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिमा उपाध्यक्षमा तैयब हुसैन, महिला उपाध्यक्षमा सजिदा सिद्दिकी, महासचिवमा राज मोहम्मद अन्सारी र उपमहासचिवमा जबुल मियाँ चयन भएका छन्।

त्यसैगरी, सचिवहरुमा अब्दुल करिम खान, सुलेमान मियाँ, हलिम खान, र रियासत अली चयन भएका छन्। केन्द्रीय सदस्यसहित ६५ सदस्यीय नयाँ समिति गठन गरिएको छ।

केन्द्रीय सल्लाहकार परिषदको अध्यक्षमा पूर्व अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद सेराज अहमद फारुकीलाई चयन गरिएको निर्वाचन समितिले जनाएको छ।

शनिबार सुरु भएको महाधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्नुभएको थियो। महाधिवेशनमा देशभरिबाट ६०० भन्दा बढी मुस्लिम प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको थियो।

सम्मेलनले नयाँ कार्यसमिति चयनसँगै विभिन्न निर्णयहरू पनि गरेको छ, जसको औपचारिक जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ।

नवनिर्वाचित उपाध्यक्ष तैयव हुसेनले संगठनले देशभरका मुस्लिम समुदायलाई एकीकृत गर्दै गणतन्त्र, धर्मनिरपेक्षता र धार्मिक–सामाजिक सद्भाव सुदृढ गर्न क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 





RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments