Skip to main content

Rd Creation

मोरङसुनसरी सेवा समाज कुवेतद्वारा अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान सञ्चालन।

राम्रो दृष्टि/ ९ जुन, कुवेत। विश्वभरी तिव्र गतिमा फैलिरहेको कोरोना भाइरस महामारिका कारण नेपालमा पनि धेरै मानिसहरुले अकालमै ज्यान गुमाइरहेको परिदृश्यलाइ मध्यनजर गर्दै मोरङसुनसरी सेवा समाज कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान सन्चालन गरिरहेको छ। मोरङ र सुनसरी भित्रका विभिन्न कोरोना प्रभावित पालिकाहरुमा अक्सिजन सिलिन्डर पुर्‍याउने उदेश्यले मोरङसुनसरी सेवा समाज केन्द्रले चालेको अभियान संग सहकार्य गर्दै विस्वभरिबाट मोरङसुनसरी सेवा समाजका प्रवास शाखाहरुबाट आर्थिक संकलन अभियान चलाए संगै मोसु कुवेतले पनि सो अभियान चालेको मोसु कुवेतका अध्यक्ष अरुण लिम्बुले राम्रो दृष्टिलाइ बताएका छन।
मोरङ सुनसरी सेवा समाज केन्द्रका केन्द्रिय महासचिव ललित निरौलाका अनुसार उर्लबारि -५, पथरि सनिस्चरे -४, कानेपोखरि -२, लेटाङ- ५, बेलबारि-५,रङेलि -५,रतुवामाइ वार्ड न ५ को स्वास्थ्यचौकि – ५, सुन्दर हरैचा न पा – ८
केराबारि गाउपालिका – ४,जम्मा ४३ मोरङ जिल्लामा र
बराहक्षेत्र वडा न १० स्वास्थय चौकि – ५, धरान – १५ स्वास्थ्यचौकि – ५, रामधुनि – ४, इटहरी नगरपालिका – ५, गरि जम्मा – १९ थान र दुबै जिल्लामा गरि जम्मा ६२ थान वितरण गरिसकेको छ। बांँकि १६ ओटा मा ३ ओटा होप धरान लाइ भरेर चलाउने र पछि फिर्ता गर्ने गरि ३ ओटा दिएको छ। ३ ओटा सस्थामा राख्ने र बाकि १० ओटा अति जरुरी परेको ठाउमा दिने गरेइ मौजुद रहेको छ।

Advertisements


मोरङसुनसरी सेवा समाजले बेला बेलामा आँखा सम्बन्धी निशुल्क घुम्ती शिविरहरु तथा विभिन्न खाले दैवि प्रकोपमा सहयोगको कामहरु गरिरहेका छन। केही बर्ष अघि बुढिखोला बाढी पिडितहरुलाइ आवास तथा खाद्यान्न, केरावारी गाउँपालिका मुगु खोलाको बाढी पिडितहरुलाइ विभिन्न किसिमको सहयोग तथा भुकम्प पिडितहरुलाइ सहयोग गर्दै आइरहेका छन।

यसपालिको महामारिमा पनि कम्तिमा ७० ओटा अक्सिजन सिलिन्डर मोरङ र सुनसरिका विभिन्न प्रभावित क्षेत्रमा वितरण गर्ने उदेश्य सहित यो अभियान सञ्चालन गरेको छ। यहि अभियान अन्तरगत प्रवासका शाखाहरुले पनि अभियान सञ्चालन गरिरहेको छ।

अध्यक्ष लिम्बुले मोरङ र सुनसरिबाट वैदेशिक रोजगारिको सिलसिलामा कुवेतलाइ कर्मथलो बनाइरहेका सबै प्रवासिहरुलाइ यश अभियानमा जोडिन अनुरोध गरेका छन। उनले मोरङ र सुनसरी बाहेकका प्रवासी सम्पुर्ण कुवेतका श्रमिकहरु र कुवेतमा स्थापित संघ संस्थाहरुलाइ समेत यश अभियानमा जोडिनका लागि अनुरोध गरेका छन। सहयोग गर्न चहानुहुने जो कोहिले पनि यी नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ।

अरुण लिम्बू-55454818
उपेन क्षेत्री-67010068
दिलकुमार पाख्रीन- 97557313

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.