8.1 C
Kathmandu
Wednesday, January 22, 2025
Wednesday, January 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeराष्ट्रियमोरङसुनसरी से...

मोरङसुनसरी सेवा समाज कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ संकलित ३ लाख १६ हजार पठायो।

राम्रो दृष्टि/ ३१ जुलाइ, कुवेत। मोरङ सुनसरी सेवासमाज कुवेतले विश्व महामारी कोरोना भाइरसले नेपालमान्पारेको प्रत्यक्ष असर नियन्त्रणका लागि मोरङ र सुनसरी जिल्लाका लागि अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान अन्तरगत चालिएको अभियानमा संकलित सबै ८१३.५०० फिल्स पठाएको छ। हिजो ३० जुलाइका दिन मोसु कुवेतका अध्यक्ष अरुण लिम्बुको नामबाट केन्द्रिय अध्यक्ष लोक बहादुर तामाङको नाममा पठाएको हो। ८१३.५०० फिल्समा पठाएको शुल्क काटेर कुल ८१२.५०० फिल्सको नेपाली ३ लाख १६ हजार ८८ रुपैयाँ पठाएको अध्यक्ष लिम्बुले राम्रो दृष्टिलाई जानकारी दिएका छन।

मोसु केन्द्रले आफ्नो कोषबाट सिलिन्डर किलेर वितरण गरिसकेको छ। सो वितरण भैसकेको सिलिन्डर खरिदमा लागेको अपुग रकम विश्वभरिको मोसुको शाखाहरुद्वारा आर्थिक सहयोग संकलन गरिएको थियो। सोही अनुरुप मोसु कुवेतले चालेको अभियानमा ८६ जना नेपालको विभिन्न क्षेत्रबाट वैदेशिक रोजगारिको सिलसिलामा कुवेतमा आएर श्रम गरिरहेका नेपालिहरुले सहयोग गरेका छन।

अध्यक्ष लिम्बुले प्रवासमा दुख गरिरहँदा पनि आफ्नो देश र घर गाउँको लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन। साथै यश अभियान मार्फत सहयोग गर्नुहुने सबै सबै सहयोगी महानुभावहरुलाइ धन्यवाद ज्ञापन गरेका छन।

सहयोगीदाताहरुको नामवली यसप्रकार छन।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments