Skip to main content

Rd Creation

मोरङसुनसरी सेवा समाज कुवेतको समीक्षामा घरेलु कामदार सम्बन्धी चर्को बहस

दिलकुमार पाख्रीन/ १७ फेब्रुअरी, कुवेत। मोरङ सुनसरी सेवा समाज कुवेतको तेस्रो वार्षिकोत्सव तथा दोस्रो साधारणसभाबाट निर्मित नयाँ कार्यसमितिद्वारा समीक्षा कार्यक्रम सम्पन्न भएको छ। गत शुक्रबार फर्वानियास्थित पार्कमा नयाँ कार्यसमितिका अध्यक्ष अरुण लिम्बुको सभापतित्वमा उक्त समीक्षा कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा नयाँ सदस्यहरुलाइ प्रमाणपत्र सहित खदा ओढाएर सम्मानका साथ स्वागत गरेका छन।

Advertisements

मोरङसुनसरी सेवा समाज कुवेतले हिजो गरेका सामाजिक, मानविय तथा बिकासका कार्यहरुलाई मुल्यांकन गर्दै भोलिका दिनहरुमा अझ सशक्त ढंगले कसरी संस्थागत कार्यहरुलाई निरन्तरता दिन सकिन्छ भन्ने सम्बन्धमा कार्यक्रममा उपस्थित सदस्यहरुले चर्चापरिचर्चा गरेका थिए। कार्यक्रममा घरेलु महिलाहरुलाइ बिदामा नेपाल गएर फर्किन बन्देज लगाएको बिसयमा समेत चर्चा भएको थियो। उपस्तथित सदस्यहरुले घरेलु कामदारको रुपमा नयाँ आउन नपाए पनि पुराना जो निरन्तर एउटै स्पोन्सरसंग काम गरिरहेका छन तिनिहरुलाइ जान आउन खुल्ला गर्नुपर्ने र त्यसको लागि मोरङ सुनसरी सेवा समाज कुवेतले सरोकारवाला र सम्बन्धित पक्षलाइ दवाव दिनुपर्ने बिसयमा चर्को बहस भएको थियो। उक्त बिसयमा बोल्दै ल्हमु गोलेले “त्यसरी घरेलु कामदारहरुलाइ रोक्दा बर्षौँसम्म ती कामदारहरुले आफ्नो परिवार भेट्न नपाइरहेको गुनासो गरिन। आफ्नो परिवार भेट्न मात्र होइन विभिन्न खाले दुखद घटना घट्दा सम्म पनि नेपाल गएर फर्किन सकिन्न यो दुखद पक्ष हो।” उनले थप्दै भनिन “नेपालमा गएर आउन नपाए पछि उतै बेरोजगार भैन्छ। आफ्नो बाल बच्चाको शिक्षा दिक्षामा समेत बाधा पर्ने हुँदा अब आउने पिढिहरु पनि अशिक्षित र यस्तै पिडाहरु भोगिरहन पर्छ। त्यसैले नयाँहरुलाइ बन्द गरेपनी पुराना कामदारहरु जो एउटै स्पोन्सरसंग निरन्तर काम गर्न चहान्छन उनिहरुलाइ खुलाउनुपर्छ।”

साथै कार्यक्रममा घाँटी क्यान्सर पिडितलाइ समेत १५ हजार संस्थागत आर्थिक सहयोग गरेका छ्न। मोरङ्सुनसरी सेवा समाजले आफ्नो समीक्षा कार्यक्रममा घाँटिको क्यान्सर पिडित केराबारी गाउँपालिका-८ आधारशिल टोल निवासि गोपाल विश्वकर्माकी श्रीमती मिश्र विश्वकर्मालाइ आर्थिक नेरु १५ हजार सहयोग गरेका छन। पिडित यतिबेला राजिव गान्धी क्यान्सर ईन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचाररत छिन। लामो समयदेखी उपचार गरिरहेकोले आर्थिक अवस्था कम्जोर बन्न पुगेको पीडितको लागि “मिश्र विश्वकर्मा बचाउ अभियान” नै चलाइएको छ। उक्त अभियानमा साथ दिन इच्छुक संस्था वा ब्याक्तित्वहरुले गोकुल,तिल र नारायण नाममा सप्तकोसी बिकास बैंक साखा कार्यलय केराबारी मोरङको खाता नं ०१२००००३२८०१० मा सहयोग गर्न सक्नुहुनेछ। वा थप जानकारिका लागि
गोकुलबहादुर थापा ९८५२०५७५८७ र नारायण प्रसाद भुजेललाई ९८०७३८३८५३ मा सम्पर्क गर्न सक्नुहुनेछ।

घरेलु कामदार सम्बन्धी भएको चर्को बहसको भिडियो हेर्नुहोस!

https://youtu.be/FeT6hwG0qP0

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.