10.8 C
Kathmandu
Saturday, March 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठमोरङ बुढिगंगा गाउँपालिकाका दुई युवा समुहबिच ग्याङ फाइट, एक जना गम्भीर घाइते

मोरङ बुढिगंगा गाउँपालिकाका दुई युवा समुहबिच ग्याङ फाइट, एक जना गम्भीर घाइते

 

- Al Muzaini Exchange Kuwait-

विराटनगर : बूढीगंगा गाउँपालिका–१ मा युवाहरुबीचको ‘ग्याङ फाइट’ का क्रममा मंगलबार राति खुकुरी हानाहामन हुँदा एकजना घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय २० वर्षीय जीवनकुमार यादव घाइते भएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए ।

उनका अनुसार पुरानो रिसिईवीका कारण युवाहरुबीचमा ‘ग्याङ फाइट’ हुँदा घटना भएको हो । बूढीगंगा–३ का १८ वर्षीय मौसम राई, सविन राउत,  सुजित हिङ्माङ, १७ वर्षीय सुवास नेपाली र पथरीशनिश्चरे नगरपालिकाका २० वर्षीय अभिषेक राई समेतको समूहले यादवमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मौसमसँग यादवको पुरानो रिसिईवी रहेको खुलेको छ । कस्तो खालको पुरानो रिसिईवी भन्ने बारेमा प्रहरीले खुलाएको छैन ।

त्यही रिसिईवीका विषयमा एक आपसमा विवाद बढ्दै जाँदा मौसम र यादव समूहबीच ‘ग्याङ फाइट’ भएको एसपी केसीले बताए । ‘ग्याङ फाइट’ हुने क्रममा अभिषेक राईले यादवमाथि खुकुरी प्रहार गरेको उनको भनाइ छ । यादवको समूहमा को को युवा थिए भन्नेमा बारेमा खोजी थालिएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते यादवको दुबै हात र देब्रे पेटमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । आन्द्रामा चोट लागेका कारण यादवको शल्यक्रिया नै गर्नु परेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

- BARAHA GOLD CUP 2081 -

नोबेल मेडिकल कलेजमा उपचाररत  यादवको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उनी बोल्न सक्दैनन् । झगडाका क्रममा मौसमको पनि आँखामा चोट लागेको छ । चोट हेर्दा धारिलो हतियारै प्रहार गरे जस्तो देखिने प्रहरीले जनाएको छ ।

युवाहरुबीचमा ‘ग्याङ फाइट’ सुरु हुन थालेपछि स्थानीयबीच भागदौड मच्चिएको थियो । ‘दुई युवा समूहबीचमा केही बेरदेखि बादविवाद भइरहेको थियो,’ एक स्थानीयले भने, ‘खुकुरी नै हानाहान हुन थालेपछि छुट्याउन नसकेर ज्यान बचाउन भए पनि भाग्नु पर्‍यो ।’ उनका अनुसार त्यहाँबाट भागेर गएर घटनाका बारेमा प्रहरीलाई खबर गरिएको हो ।

प्रहरीका अनुसार घटनामा संलग्न अभिषेक फरार रहेका कारण खोजी तीव्र पारिएको छ । मौसम, सविन, सुजित र सुवासलाई भने नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनामा प्रयोग गरिएको खुकुरी भने बरामद हुन नसकेको जनाएको छ । घटनापछि खुकुरी फ्यालेर भाग्दै गरेको अवस्थामा युवाहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अन्नपूर्ण पोस्टबाट

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES

Conor mcgrager, Irishan आँखा राजनीति लडाई

Dublin: आयरिश मिश्रित मार्शल आर्ट सेना लडाकू कर्ड कर्वर म्याकरग्रीगोरले अमेरिकी महामारी डोनाल्ड ट्रम्पले बृद्धि गरेको इन्चार्ज गरेको अपील गरे। तर उच्च कार्यालयमा...

Raksunu बचतकर्ताहरूले समस्याग्रस्त महिना पछि भावना

मियामी बगैंचाहरू: बेलायतका एम्मा रविरूले शुक्रबार मियामीमा आठौं-बीजमा अमेरिकी एम्मा नेवरको महाकाव्य जितेका थिए र जे पनिले 2021 अमेरिकी खुला उपाधिमा उनका केही...

Conor mcgrager, Irishan आँखा राजनीति लडाई

Dublin: आयरिश मिश्रित मार्शल आर्ट सेना लडाकू कर्ड कर्वर म्याकरग्रीगोरले अमेरिकी महामारी डोनाल्ड ट्रम्पले बृद्धि गरेको इन्चार्ज गरेको अपील गरे। तर उच्च कार्यालयमा...

Raksunu बचतकर्ताहरूले समस्याग्रस्त महिना पछि भावना

मियामी बगैंचाहरू: बेलायतका एम्मा रविरूले शुक्रबार मियामीमा आठौं-बीजमा अमेरिकी एम्मा नेवरको महाकाव्य जितेका थिए र जे पनिले 2021 अमेरिकी खुला उपाधिमा उनका केही...
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू