8.1 C
Kathmandu
Wednesday, January 22, 2025
Wednesday, January 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठमोरङ सुनसरी स...

मोरङ सुनसरी सेवा समाज कुवेतको तेस्रो वार्षिकोत्सव तथा दोस्रो साधारण सभा २५ जनवरिमा

आर डि क्रीएशन/२५ डिसेम्बर, कुवेत। “मोरङ सुनसरिको चाहना, समृद्ध समाजको स्थापना” भन्ने मुल नाराको साथ दुई बर्ष पहिले कुवेतको दर्जनौँ संस्थाहरुको बिचमा स्थापना भएको मोरङ सुनसरी सेवा समाज कुवेतले आगामी जनवरी २५ तारिकका दिन आफ्नो दोस्रो साधारण सभा तथा तेस्रो वार्षिकोत्सव कार्यक्रम तय गरेको छ। संस्थाले दुई बर्षे कार्यकाल पूरा गर्दै तेस्रो बर्षमा प्रवेश गरेको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष अरुण लिम्बुले आर डि क्रीएशनलाइ जानकारी गराएका छन। उक्त दोस्रो साधारण सभाले नयाँ कार्यसमिती बनाउनेछन।

मोरङ सुनसरी सेवा समाज कुवेतले भुकम्प पिडित्लाइ सहयोग, गत बर्ष मोरङ र सुनसरिमा भएको बाढी पिडितलाइ कुवेतमा क्रीयाशिल संस्थाहरु भोजपुर सेवा समाज कुवेत, किरात राई यायोक्खा कुवेत र खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतसंग सहकार्य गर्दै मोरङ सुनसरी सेवा समाज केन्द्रको मातहतबाट तत्काल उद्दार तथा गासबास कपासको ब्यबस्था जस्ता महान कार्यहरु गरिसकेका छन। त्यति मात्रै होइन, मोरङ सुनसरी सेवा समाज कुवेतको संयोजकत्त्वमा मिरङ र सुनसरिका विभिन्न स्थानमा निशुल्क आँखा शिविर समेत आयोजना गरेको छ। त्यसो त कुवेतमा आपत बिपदमा परेका नेपालिहरुलाइ सहयोग तथा उद्दारको काममा पनि निरंतरता दिइरहेको छ।

२५ जनवरीका दिन फर्वानियास्थित युनिक अडिटोरियम हलमा हुन लागेको सो कार्यक्रममा कुवेतका स्थानिय कलाकारहरुको प्रस्तुती समेत रहनेछ। कार्यक्रम दिउँसो ठिक १२ बजेबाट सुरु हुनेछ। उक्त दिन कुवेतमा क्रीयाशिल कुनै पनि संघ संस्थाहरुले कार्यक्रम नजुधाइदिनहुन र कार्यक्रममा स्पस्थित भइ कार्यक्रमको शोभा बढाइदिनहुनको लागि आयोजक संस्थाका अध्यक्ष लिम्बुले अनुरोध गरेका छन।

 

कार्यक्रम हुने

मिति: २५ जनवरी २०१९

समय:ठिक दिउँसो १२ बजे

स्थान: युनिक अडिटोरियम हल फर्वानिया

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments