23.1 C
Kathmandu
Monday, May 19, 2025
spot_img
Homeगृहपृष्ठम्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले ८ मार्चमा अधिबेशन गर्ने

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले ८ मार्चमा अधिबेशन गर्ने

आर डि क्रीएशन/ ७ जनवरी, कुवेत। म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले आगामी ८ मार्च २०१९ मा ऐतिहासिक प्रथम अधिबेशन गर्ने भएको छ । कुवेतको माबुल्लामा गत शुक्रबारको दिन बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

- Advertisement -

म्याग्दी जिल्लाको विभिन्न क्षेत्रबाट रोजगारीको सिलसिलामा कुवेत आएका म्याग्देलीहरुद्वारा गठित म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले छोटो समयमै कुवेतमा कार्यरत म्याग्देली पीडितहरुको उद्धार कार्यमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ। त्यत्ती मत्रै होइन स्वदेशमा समेत दुखी गरिबको लागि आर्थिक सहयोग गर्दै आएको छ । कुवेतमा कृयाशिल विभिन्न संघ सस्थाहरु संग पनि सहकार्य गर्दै आएको छ ।

कुवेतमा कृयाशिल संघ सस्थाहरु संग आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा सहित उक्त ८ मार्चका दिन कुवेतमा कृयाशिल कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाइदिनको लागि पनि मोना कुवेतले आग्रह गरेको छ ।

कुवेतमा कृयाशिल सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त दिनको ऐतिहासिक प्रथम अधिबेशन समारोह भब्य र सभ्य रुपमा सफल पार्न उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

- Advertisement -

कार्यक्रम हुने स्थान, मिति र समय निम्न बमोजिम रहेको छ ।
स्थान :- युनिक अडिटोरियम हल फर्वानिया
मिति :- ०८ मार्च २०१९ (शुक्रबार )
समय :- बिहानको ठिक ११:०० बजे

थप जानकारीको लागि :-
संयोजक :- प्रेम बहादुर बिश्वकर्मा (+965 517 84715)

- Advertisement -

विजय धामी
विजय धामीhttp://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments