Home गृहपृष्ठ म्यानमारमा सेनाको ‘कु’ विरुद्धको आन्दोलनमा ३८ जनाको मृत्यु, सेना विरुद्ध थप कदम चाल्ने अमेरिकाको चेतवनि

म्यानमारमा सेनाको ‘कु’ विरुद्धको आन्दोलनमा ३८ जनाको मृत्यु, सेना विरुद्ध थप कदम चाल्ने अमेरिकाको चेतवनि

म्यानमारमा सेनाको ‘कु’ विरुद्धको आन्दोलनमा ३८ जनाको मृत्यु, सेना विरुद्ध थप कदम चाल्ने अमेरिकाको चेतवनि

काठमाण्डाै – म्यानमारमा हिजो सैनिक ‘कू’ विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको ज्यान गएपछि संयुक्त राष्ट्रसंघले यसलाई ‘रक्तपातपूर्ण’ दिन भनेको छ ।

राष्ट्रसंघले म्यानमारमा सैन्य ‘कू’ यताकै रक्तपातपूर्ण दिन भनेको हो । हिजो प्रदर्शनका क्रममा त्यहाँ ३८ जनाको ज्यान गएको थियो भने कयौँ घाइते भएका छन् । हिजोको घटनापछि बेलायतले राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ भने अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने चेतावनी दिएको छ ।

सुरक्षा फौजले विभिन्न शहरमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको जनाएको छ । नेतृ आङ सान सुकीलगायत नेताको रिहाइको माग गर्दै म्यानमारमा विरोध प्रदर्शन भैरहेको छ । प्रदर्शनका क्रममा अहिलेसम्म ५० जना भन्दा धेरैकाे ज्यान गइसकेको बीबीसीले जनाएको छ । सेनाले चुनावमा असन्तुष्टि जनाउँदै नेतृ सुकीसहितका नेताहरुलाई हिरासतमा राखेर एक वर्षका लागि संकटकालको घोषणा गरेको छ । उज्यालो अनलाइनबाट