10.8 C
Kathmandu
Saturday, March 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठयुके पठाइदिने भन्दै ३२ लाख ठग्ने धादिङका अधिकारी पक्राउ

युके पठाइदिने भन्दै ३२ लाख ठग्ने धादिङका अधिकारी पक्राउ

काठमाडौं।

- Al Muzaini Exchange Kuwait-

वैदेशिक रोजगारीका लागि युके पठाइदिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-३ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने ५३ वर्षीय दिनेश अधिकारी छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार काठमाडौं-२६ बाट पक्राउ गरेको उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले जानकारी दिए।

अधिकारीले युकेमा आकर्षक तलब हुने प्रलोभनमा पारेर एक व्यक्तिलाई ३२ लाख ५७ हजार रुपैयाँ ठगी गरेको आरोप छ।

लामो समयसम्म झुक्यानमा पार्दै विदेश नपठाएर अधिकारी सम्पर्कविहीन भएपछि ती पीडित प्रहरीमा उजुरी दिन पुगेका थिए।

- BARAHA GOLD CUP 2081 -

पक्राउ परेका अधिकारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि शुक्रबार नै वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको एसएसपी बस्नेतले बताए।

RELATED ARTICLES

रमजानका लागि उत्तम शरीर रणवर्ती अभ्यासहरू

फिटनेस र विश्वासको लागि सुझावहरू Muscat - रमजानको बखत विश्वास र फिटनेस प्रतिबन्ध लगाइएको छ, मांसपेशीय योजना र उच्च-गहनता प्रशिक्षण उपवासले प्रभावित गर्न सकिन्छ।...

टर्कीले सयौं प्रदर्शनकारीहरू मेयर ट्रेडलाई हेरको रूपमा प्रदर्शन गर्दछ

नि: शुल्क सम्पादक अनलक गर्नुहोस्रुला खलाफ, FT को सम्पादक यस साप्ताहिक न्यूजलेटरमा उनको मनपर्ने कथाहरू चयन गर्नुहोस्।टर्की पुलिसले 30000 भन्दा बढी व्यक्तिहरूलाई पक्राउ...

- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू