दिलकुमार पाख्रीन/५ जुन, कुवेत। यो साता मात्र कुवेतमा तीन जना नेपालिहरुको फर्क फतक कारण मृत्यु भएको छ। कुवेतमा दैलेखको गुराँस गाउँपालिका वडा नम्बर-५ का ३९ बर्षिय प्रेम बहादुर चन्दको मृत्यु भएको छ। उनको कोरोनाका मृत्यु भएको भनिएता पनि आधिकारिक विवरण आउँन बाकि रहेको उनका आफन्त गणेश मल्लले जानकारी दिएका छन।
मृतक चन्द कुवेतमा झन्डै एक दशक यता वैदेशिक रोजगारिको शिलसिलामा रोजगारी गर्दै आईरहेका थिए। सुर्खेतको पिपिरामा बस्दै आएका चन्दका परिवारमा तिन छोरा र श्रीमती छन्।
यता चार दिन पहिले कुवेतको मिस्रफस्थित कुवेत सरकारले कोरोना भाइरस संक्रमितका लागि निर्माण गरिएको क्वारेन्टाइनमै एक नेपालीले आत्महत्या गरेका छन। आत्माहत्या गर्नेमा लम्जुङको तेज गुरुङ भएको पुष्टि भएको छ। उनी कोरोना संक्रमित भएको कारण क्वारेन्टाइनमा थिए। उनले अहमादी हस्पिटलबाट कोरोना स्वाव परिक्षण गर्दा कोरोना पोजिटिभ देखिए पछि हस्पिटलले नै मिश्रफ क्वारेन्टिनमा पठाइएको थियो।
त्यस्तै हिजो जिलिबमा एक नेपाली महिलाको पनि बिहिबार मृत्यु भएको खबर प्राप्त भएको छ। मृत्यु हुनेमा बाग्लुङकि निर्मला पुन मगर भएको बताईएको छ। उनको मृत्युको रहस्य भने अत्यधिक मद्यपान सेवनका कारण भनिएपनि अस्पतालको आधिकारिक रिपोर्ट आई नसकेको दुताबास श्रोतले जनाएको छ।