Sunday, November 9, 2025
spot_img
Homeस्वास्थ्यरक्सिले कोरोना भाइरस मर्छ भन्ने हल्लाको आधारमा मिसावट रक्सी पिउँदा इरानमा ३६...

रक्सिले कोरोना भाइरस मर्छ भन्ने हल्लाको आधारमा मिसावट रक्सी पिउँदा इरानमा ३६ जनाको मृत्यु

कुवेत। इरानमा कोरोना भाइरसबाट बच्ने उपायका रूपमा भन्दै मिसावट भएको रक्सी पिउँदा ३६ जनाको ज्यान गएको छ ।

घटनामा २७० जना बिरामी परेका त्यहाँको सरकारी समाचार संस्था आइआरएनएलाई उदृत गर्दै बीबीसीले जनाएको छ । खुजिस्तान प्रान्तको अभाज शहरमा यो घटना भएको हो ।

कोरोना भाइरसबाट बचाउँछ भन्ने हल्लाकाबीच उनीहरुले रक्सी पिएका खबरमा उल्लेख छ । यस्तो रक्सी बेच्ने सात जनालाई पक्राउ गरिएको पनि बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट ठूलो असर पुगेको इरानमा एक दिनमा ५४ जनाको ज्यान गएको छ । यो सँगै इरानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २९१ पुगेको छ भनी उज्यालोमा समाचार छापेको छ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments