Sunday, April 19, 2026
spot_img
Homeगृहपृष्ठरविको रिटमाथि सुनुवाइ सकियो, आदेश आजै आउने

रविको रिटमाथि सुनुवाइ सकियो, आदेश आजै आउने


काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उच्च अदालतको थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सम्पन्न भएको छ।

आइतबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासमा भएको सुनुवाइ सकिएको सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले नागरिक न्युजलाई जानकारी दिए। आदेश आजै आउने सर्वोच्च प्रशासनले जनाएको छ।

सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २७ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।

सोही आदेशविरुद्ध उनकी श्रीमती निकिता लामिछानेमार्फत चैत २९ गते सर्वोच्चमा रिट दर्ता भएको थियो। उच्च अदालतको आदेशपछि लामिछानेलाई बुढानीलकण्ठबाट पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा राखिएको थियो। एक दिन काठमाडौं र दुई दिन रुपन्देही हिरासतमा बसेका उनलाई सोमबार भैरहवा कारागार चलान गरिएको छ।

यसअघि, १३ माघ २०८१ मा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएका थिए। उक्त आदेशविरुद्ध सरकारी वकिल पक्षले पुर्पक्षका लागि थुनामा राख्नुपर्ने माग राख्दै उच्च अदालतमा निवेदन दिएको थियो भने लामिछानेले धरौटी खारेज गरी साधारण तारेखमा रिहा हुनुपर्ने माथ गरेका थिए।

उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले दुवै पक्षको निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालतको आदेश खारेज गरी पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका थिए। हाल उनी भैरहवा कारागारमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments