23.1 C
Kathmandu
Friday, September 20, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठरामधुनी मन्दिरको बिकास निर्माण काम चपेटामा: राजिव कोइराला

रामधुनी मन्दिरको बिकास निर्माण काम चपेटामा: राजिव कोइराला

सुनिल चौधरी
झुम्का, संघिय र प्रदेश सरकारले बिकास योजनामा गरेको कन्जुस्याइले सुनसरीको पर्यटन, ऐतिहासिक धार्मिक स्थल लगायत पुर्वाधारमा प्रभावित बन्न पुगेको कोइरालाले बताए ।
रामधुनी बाबा बनखण्डी मन्दिर गुठी ब्यवस्थापन समितिको शनिवार आयोजित सातौ साधारण सभामा बोल्दै सरकारले सुनसरी प्रति गरेको पुर्वाग्रहीले रामधुनी मन्दिरको बिकास पनि चपेटामा परेको धारणा ब्यक्त गरेका छन । रामधुनी मन्दिरकालागी बिनियोजन रु ५० लाख बजेट प्रदेश सरकारले फिर्ता लगेको ब्यवहार निन्दनिय रहेको बताए । पर्यटन प्रवद्र्धनकालागी रामधुनी मन्दिर रामायण सर्किटमा जोड्न पहल गर्नु आवश्यक रहेको बताए । यहाका आर्थिक, सामाजिक, साँस्कृतिक बिकासलागी सर्किट जोड्नु पर्ने योजना सरकारले बनाउन नसकेपनि यसकालागी प्रतिपक्षिदलले पहल गर्ने प्रतिबद्धता जनाए । बहुमतको सरकारले अहिले सम्म उलेख्य बिकास गर्नु पर्ने अवस्थामा स्वार्थले पदिय खिचातानिमा रहेको उठान गरे । मुद्धा लगाएर पार्टि प्रवेस गराउने संबिधान बिपरित कार्य पनि सरकारले गरिरहेको कोइरालाको आरोप रहेको छ । मुद्धा लगाउने र लोभ देखाई सहयोग गर्ने बाहानामा पार्टि प्रवेस गराउनु कसैको हितमा नरहेको बताए । सरकारले जनताको स्वस्थ्य संग खेलवाड गरिरहेकोले सवैमा सचेत हुनु आवश्यक रहेको समेत बताए । कोरोना महामारी दिनप्रतिदिन बढ्दै गईरहेको अवस्थामा पिसिआरको दायरा बढाउन नसक्नु जनताको स्वस्थ्य संग खेलवाड भईरहेको जनाए । हाल सम्म महामारीलाई न्युनिकरण गर्न सरकारको कुनै योजना नरहेकोले स्वस्थ्य सुरक्षामा गम्भिर चुनौति देखिदै गएको कोइरालाले जानकारी दिए ।
साधारण सभामा उपस्थित नगरप्रमुख जयप्रकास चौधरीले नगरपालिकाको प्रमुख योजना रामधुनी मन्दिरलाई बिकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने रहेको बताए । रामधुनी मन्दिरको सेरोफेरोमा धार्मिक पर्यटन तथा रमणिय स्थलको सेरोफेरोमा रासताल त्यसतै संकरवेलीलाई स्तर उन्नती गर्दै पर्यटन बिकासमा ध्यान दिएको उठान गरे । नगरपालिकाबाट बिकास र योजना हुदाहुदै पनि सरकारको निति र जिल्ला बन कार्यालयको कारण रामधुनी नगरको सम्भावित बिकासमा बाधा बन्न पुगेको जानकारी दिएको छ । सरकारको कार्यनितिहरु बाझिएको र स्पष्ट हुन नसक्दा मन्दिरको बिकासमा अहिले पनि त्यो नितिहरु सत्रुको रुपमा आइरहेको नगरप्रमुख चौधरीले धारणा ब्यक्त गरेको हो ।
साधारण सभाबाट सुनसरीका तिन पत्रकारलाई सम्मान गरेको छ । रामधुनी मन्दिरको प्रवद्र्धनमा उलेख्य सहयोग गरेका पत्रकार पत्रकार महासंघ सुनसरी सहसचिव धुब्र ढकाल, प्रतिक्षण दैकिका एकवाल अहमद, महासंघ जिल्ला कोषाध्यक्ष गोबिन्द बस्नेतलाई सम्मान गरेको हो । यसैगरी आर्य आर्जनमा सहयोग पुग्ने उधेश्यले बिपन्न ३ परिवारलाई एक–एक हल गोरु निशुल्क बितरण गरेको छ । मन्दिरलाई सहयोग गर्ने ब्यक्ति तथा आजिवन सदस्य, संस्थापक सदस्य, ८६ बर्षिय जेष्ठनागरीक उमाकान्त भट्टराईलाई सम्मान गरेको संस्थाले जनाएको छ । संस्थाले प्रत्येक बर्ष साधारण सभाको अवसरमा प्रोत्साहनकालागी सम्मान गर्दै आएको छ ।
साभार : वराह दर्पण
विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments