20.1 C
Kathmandu
Monday, September 16, 2024
spot_imgspot_imgspot_img
Homeराजनीतिरुकुम-जाजरकोट घटनाप्रती विश्वकर्मा एकता समाज कुवेतद्वारा भर्त्सना गर्दै प्रेस विज्ञप्ती जारि

रुकुम-जाजरकोट घटनाप्रती विश्वकर्मा एकता समाज कुवेतद्वारा भर्त्सना गर्दै प्रेस विज्ञप्ती जारि

आर डि क्रीएशन/२८ मे, कुवेत। पश्चिम रुकुम चौरजहारी नगरपालिका सोति घटनाको बिरोध जनाउँदै बिश्वकर्मा एकता समाज नेपाल – कुवेतले प्रेस विज्ञप्ति जारी गरेको छ ।

२१ औं शताब्दीको बैज्ञानिक युगमा पनि नेपाली समाज अझै पनि लैङ्गिक, धार्मिक, साँस्कृतिक, सामाजिक तथा विभिन्न जात-जाति भित्रका कुसंस्कार, अन्धविश्वास, बिकृती विसंगतियुक्त कार्यहरुको लडाइ, समर्थन र प्रचारमा ग्रसित भएको छ । नेपालको संविधान मै जातको आधारमा भेदभाव गर्नु दण्डनिय भनिए पनि कानुन कार्यान्वयन फितलो हुँदा अहिले पनि समाजमा जातीय भेदभाव बिद्यमान नै छ । अहिलेको २१ औं शताब्दीमा आउँदा पनि शिक्षित मानिसहरुबाट नै जातीय विभेद हुनु दुर्भाग्यपूर्ण भएको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

पश्चिम रुकुम चौरजहारी नगरपालिका सोतिमा भएको दु:खद घटनामा जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर ४ राना गाउँ निवासी नबराज बि.क र पश्चिम रुकुम जिल्ला चौरजहारी नगरपालिका वडा नम्बर ८ सोति निवासी सुस्मा मल्ल बिच बिगत ३ बर्ष देखि चल्दै आएको प्रेम सम्बन्धलाई बिबाहमा परिणत गरि बेहुली लिएर आउने भनी प्रेमी नबराजले अन्य साथीहरूलाई पनि लिएर गएको र उक्त बिबाह दलित युवा संग हुन नहुने भन्दै शुस्मा मल्लको परिवार र वडा अध्यक्ष डम्बर बहादुर मल्ल सहित सिङ्गो गाउँले नै साङ्घातिक हमला गर्दा नबराज बि.क. , टिकाराम बि.क., गणेश बुढा मगर, लोकेन्द्र सुनार, गोबिन्द शाही र सन्जु बि.क.को ज्यान लिएको नरसंहारको बिश्वकर्मा एकता समाज नेपाल – कुवेतले प्रेस विज्ञप्ति मार्फत घोर भ्रत्सना गरेको छ ।

समाजले उक्त घटनामा मृत्युवरण गरेकाहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरु प्रति शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ। पीडित पक्षबाट दिइएको कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी अनुसार सत्य-तथ्य छानबिन गरि दोषी उपर कुनै सामाजिक, राजनीति, जातिगत, आस्थागत पुर्वाग्रह तथा हस्तक्षेप नगरी प्रचलित कानुन बमोजिम कडाभन्दा कडा कारबाहीको जोडदार माग गर्दै नेपाल सरकार, जिल्ला प्रशासन कार्यलय रुकुम / जाजरकोट लगायत सम्बन्धित सरोकारवाला निकाय सबैमा हार्दिक अनुरोध गरेको छ ।

विज्ञप्ती जस्ताको त्यस्तै!

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments