Skip to main content

Rd Creation

लकडाउन अवधिमा विदेशमा मृत्यु भएका नेपालिहरुको शव नेपाल नल्याउने

आर डि क्रीएशन डेस्क, कुवेत। नेपाल सरकारले बैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका व्यक्तिको शव नेपालसम्म ल्याउन कठिनाई भएपछि उतै दाहसंस्कार गर्न अनुमति दिने परिवारलाई राहत स्वरूप ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने भएको छ।

Advertisements

‘कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय हवाई उडान हुन नसक्दा गन्तव्य मुलुकमै दाहसंस्कार गर्नु राम्रो हुने भएकाले नेपाल सरकारले यस्तो निर्णय गरिएको हो ।

तर मृततको परीवारको सहमती बिना गन्तव्य मुलुकमै दाहसंस्कार गर्न पाइदैन । यसै क्रममा वैदेशिक रोजगार बोर्डको सचिवालयले मृतकहरूको शव सम्बन्धित मुलुकमै तत्कालै दहसंस्कार गर्नुपर्ने अवस्था रहेकोले अन्तिम संस्कारका लागी नजिकको हकदारको तर्फबाट सम्बन्धित जिल्ला प्रशासन कार्यलयबाट सहमती पत्र पठाउन अनुरोध गरेको छ । अहिले दिने भनिएको ५० हजार राहत रकम अन्तर्राष्ट्रिय उडानहरू सुचारू भएपछि मृत्यु भएकाहरूको हकमा लागु नहुने बोर्डले जनाएको छ ।

वैदेशिक रोजगार ऐनले रोजगारीका क्रममा विदेशमा निधन भएका व्यक्तिको शव घरसम्म ल्याउने जिम्मा वैदेशिक रोजगार बोर्डको सचिवालयलाई दिएको छ। रोजगारीमा जानुअघि हरेक युवाले बोर्डको कल्याणकारी कोषमा जम्मा गरेको रकम खर्च गरेर मृतकको शव घरसम्म पुर्याउने तथा मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराइन्छ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका व्यक्तिको निधन भएमा बोर्डले मृतकका परिवारलाई सात लाख रुपैयाँ सहायता दिने नियम छ। त्यस्तै बिमा कम्पनीहरूले करिब १४ लाख रूपैयाँ उपलब्ध गराउँने ब्यवस्था छ ।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.