Thursday, January 22, 2026
spot_img
Homeगृहपृष्ठलाखौं विदेशिएको नेपाली युवाहरुको कथा बोकेको गीत बजारमा।

लाखौं विदेशिएको नेपाली युवाहरुको कथा बोकेको गीत बजारमा।

आर डि क्रीएशन/ २० जनवरी, कुवेत। गायक तथा संगीतकार कुमार तामाङको “सेम ह्रो” नामक एल्बमको सफलता पछि यसै एल्बमको दोश्रो भाग “सेम ह्रो २” तामाङ दोहोरी गीत सेलो म्युजिक प्रोडक्सनले युट्युब मार्फत बजारमा ल्याईसकेको छ।

यस गीतमा शब्दकार जनक थोकरको शब्द रचना रहेको छ भने संगीत गायक स्वयम कुमार तामाङले नै गर्नु भएको छ। तामाङलाई वरिष्ठ गायिका इन्दिरा गोले गुरुङले साथ दिनु भएको छ। यस गीतमा नोर्बु शेर्पाको एरेन्जर र सुमन खड्काले मिक्सिङ गर्नुभएको छ भने रेकर्डिङ पर्पल स्टुडियोमा गरिएको सम्पन्न गरेको हो।

पर्देशी र घरदेशीको समसमयिक विषयवस्तुमा रहेर रचिएको यस गीतलाई धेरै श्रोत दर्शकले मन पराउनेमा आफुहरु ढुक्क रहेको शब्दकार जनक थोकरले जानकारी दिनुभएको छ। यस गीतमा नेपालमा गएको महा भुकम्प, पर्देशीले पर्देशमा भोग्नु पारेको पीडा, गरिबीको वेदना, देशको राजनीतिक अस्थिरता र समसमयिक परिस्थितिलाई उतार्न खोजीएको छ। यो गीतको शब्द लेखनको क्रममा भएको कठिनाइलाई सहज बनाउन सहयोगी भुमिका संचारकर्मी युग लामा थिङले गर्नुभएको छ।

“सेम ह्रो २”को सम्पुर्ण समुहलाई सफलताको शुभकामना।

भिडियो हेर्नुहोस!

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments