Skip to main content

Rd Creation

लुम्बिनी समाज कुवेतको छैटौं वार्षिकोत्सव मार्च १५ मा

आर डि क्रीएशन/१९ जनवरी, कुवेत। लुम्बिनी समाज कुवेतले आगामी मार्च १५ तारिख शुक्रबार आफ्नो छैटौं वार्षिकोत्सव मनाउने भएको छ।

Advertisements

लुम्बिनी समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमालको अध्यक्षतामा शुक्रबार बसेको बिशेष बैठकले नेपालका चर्चित कलाकारको साथमा भब्य सांस्कृतिक कार्यक्रम आयोजना गरि छैटौं वार्षिकोत्सव मनाउने निर्णय गरेको हो। समाजका महासचिब नेत्र पेमी मगरले आर डि क्रीएशन संग कुरा गर्दै जानकारी गराएका छन।

आपात बिपतमा परेकाहरुलाइ उद्दार, तथा अशक्तहरुलाइ सहयोग गर्दै विभिन्न खाले समस्यामा परेकाहरुको पिडामा मलम लगाउँदै सामाजिक गतिविधिमा सक्रिय कुवेतको नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल लुम्बिनी समाजले आफ्नो छैठौं वार्षिकोत्सव नेपालका ख्यातिप्राप्त कलाकारसंग मनाउन लागेको हो। यद्यपि अहिले नेपालका को कलाकारको साथमा मनाउने टुङ्गो लागि नसकेको बताइएको छ। आउने अथिति कलाकार र कार्यक्रम हुने हलको बारेमा केहि दिनमा नै कुवेतबाट सञ्चालित मिडियाहरुबाट जानकारी गराउने महासचिव नेत्र पेमी मगरले बताएका छन । साथै महासचिव पुनले उक्त दिन कसैले कार्यक्रम नजुधाइदिनहुन र कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनहुन समेत कुवेतमा क्रीयाशिल सबै संघ संस्था, मिडियाहरु तथा नेपाली दाजुभाइदिदिबहिनिहरुलाइ विनम्रता पुर्वक अनुरोध गरेका छन।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.