18.1 C
Kathmandu
Thursday, May 22, 2025
spot_img
Homeगृहपृष्ठलुम्बिनी समाज कुवेतद्वारा मानसिक रोगिलाइ ५१ हजार आर्थिक सहयोग

लुम्बिनी समाज कुवेतद्वारा मानसिक रोगिलाइ ५१ हजार आर्थिक सहयोग

- Advertisement -

आर डि क्रीएशन/ २९ जनवरी, कुवेत। नवलपरासी बर्दघाट नगरपालिका वार्ड न. ४ बर्दघाट निवासी बर्ष २५ का विशाल चापागाईंलाई लुम्बिनी समाज कुवेतद्वारा ५१ हजार रुपैयाँँ आर्थिक सहयोग गरेको छ। चापागाईं बिगत १८ बर्ष देखि मानसिक रोगले ग्रसित थिए। दिनमा सयौं पल्ट बेहोस हुने र केही सुर नपाउने भएपछि उपचारको लागि विभिन्न अस्पतालमा उपचार गराइएता पनि अझै सामन्य अवस्थामा नफर्किएपछि बिराटनगर स्थित नोवेल हस्पिटलमा उपचारका लागि ल्याएको छ।

- Advertisement -

उपचारकै क्रममा धेरै खर्च भइ सक्दा पनि निको नभएकोले अहिले एक तर्फको मस्तिष्क अपरेसन गरि फाल्नुपर्ने भयको उनका परिवारले जानकारी गराएका छन। उनको उपचारका लागि दैनिक ३५ हजार रुपैयाँ खर्च हुँदा उनको परिवारमा आर्थिक संकट परेको थियो। यो खबर पाएपछि लुम्बिनी समाज कुवेतले बिरामिको उपचारमा केही राहत मिलोस भन्ने उदेश्यले सहयोग गरेको संस्थाका अध्यक्ष रुपेन्द्र बिक्रम हमालले बताएका छन। बिरामिको पहिलो अपरेसन सफल भइ अहिले नर्मल वार्डमा राखि उपचार भैरहेको छ।

सहयोग रासी सहयोगी संस्थाका अध्यक्ष रुपेन्द्र बिक्रम हमालको नामबाट कुवेतबाट अमन एक्स्चेन्ज मार्फत रुबि चापागाईंको नाममा पठाइएको छ।

विजय धामी
विजय धामीhttp://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments