10.1 C
Kathmandu
Saturday, February 15, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठलुम्बिनी समाज...

लुम्बिनी समाज कुवेतमा आर्थिक हिनामिनाको विवादले नेतृत्व फेरवदल: नव कार्यवाहक अध्यक्ष रमेश नेपाली

दिलकुमार पाख्रीन/१८ मे, कुवेत। भगिरथ चापागाईं बचाउ अभियानमा विश्वभरिबाट उठेको चार हजार दिनार लगभग १५ लाख नेपाली रुपैयाँँ हिनामिनाको विवादमा मुछिएपछी लुम्बिनी समाज कुवेतमा नेतृत्व फेरवदल भएको छ। लुम्बिनी समाज कुवेतका निवर्तमान अध्यक्ष रुपेन्द्र बिक्रम हमालले लुम्बिनी समाज कुवेतद्वारा सञ्चालित भगिरथ बचाउ अभियानमा विश्वभरिबाट संकलित रकम निजि प्रायोजनमा खर्च गरेर नेपाली समाजलाइ नै उल्लु बनाए पश्चात लुम्बिनी समाज कुवेतले नेपाली दूतावास कुवेत र पत्रकार महासंघ कुवेतलाइ पत्र काटेर यश बिसयमा छानविन गरि उक्त संकलित रकम भरपाइ गराउन निवेदन गरेका थिए। तत्पश्चात पत्रकार महासंघका अध्यक्ष हरिकृष्ण न्यौपानेले नेपाली समाजका बुद्धिजीवी, पत्रकारहरु, नेपाली दूतावास, लुम्बिनी समाजका कार्यसमिती र विवादित रुपेन्द्र विक्रम हमाललाइ नेपाली दूतावासको सभाहलमा सभाको आयोजना गरेका थिए। उक्त सभामा रुपेन्द्र बिक्रम हमालले अभियानमा संकलित पुर्ण रकम सार्वजनिक गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। यति सम्म कि सभामा कुवेतका विभिन्न संघ संस्थाका प्रतिनिधि तथा बुद्धिजिविहरुले झन्डै दुई घन्टा कुर्दा सम्म पनि संकलित रकम लिएर आउँदैछु भन्ने जानकारी गराएक थिए। तर झन्डै साढे दुई घन्टापछी रित्तो हात दूतावास आइपुगे।

त्यहाँ उपस्थित जन मानिसले रुपेन्द्र बिक्रमप्रती निक्कै आक्रोश व्यक्त गरे। अन्तमा नेपाली दूतावास कुवेतका द्वितीय सचिव ज्ञानबहादुर मगरद्वारा कागज लेखियो जसमा तीन दिन पछि पुर्ण रकम सार्वजनिक गर्नेछु भनी रुपेन्द्र बिक्रम हमालले सहिछाप गरेका छन जसको साक्षिमा पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने र एन आर एन ए कुवेतकी अध्यक्ष सुमित्रदेवी पौड्यालले समेत हस्ताक्षर गरेका छन। तर तीन दिन म्याद पनि गत विहिबार १६ मे २०१९ का दिन सकियो। उक्त दिन पनि थुप्रै नेपालिहरु दूतावास पुगेका थिए तर रुपेन्द्र बिक्रम हमालले उपस्थिति सम्म जनाएनन।

लुम्बिनी समाजका अध्यक्षले यत्तिका सम्म अटेर र मनखुसी गरेपछी लुम्बिनी समाज कुवेतले गत शुक्रबार कार्यसमितिको आकास्मिक बैठक बसेर नेतृत्व परिवर्तन गरेका छन। समाजले रुपेन्द्र बिक्रम हमालको ठाउँमा वरिष्ठ उपाध्यक्ष रमेश नेपालिलाइ कार्यवाहक अध्यक्ष चयन गरेको कुरा लुम्बिनी समाजका महासचिव नेत्र प्रेमी मगरले जानकारी गराएका छन। तर नेतृत्व परिवर्तन गर्दैमा हिनामिना भएको रकम मिनाह हुन्छ? लुम्बिनी समाज कुवेतको नामबाट चालिएको अभियान अहिले रुपेन्द्र बिक्रम हमालमा सकिन्छ कि यसलाइ नव अध्यक्षले अर्को रुपबाट लिएर जान्छन? के अब दूतावासको जिम्मेवारी सकियो? नेपाली समाजले रुपेन्द्र बिक्रम हमाललाइ माफी देलान त? अब भगिरथ चापागाईंको अभियान कसरी अघि बढ्छ? जस्ता थुप्रै सवालहरु अनुत्तरित देखिन्छन।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
spot_img
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू