Wednesday, January 14, 2026
spot_img
Homeगृहपृष्ठल्होछारको लागि चार जना अतिथी कलाकारहरु ५ फेब्रुअरी बुधबार कुवेत आइपुग्ने।

ल्होछारको लागि चार जना अतिथी कलाकारहरु ५ फेब्रुअरी बुधबार कुवेत आइपुग्ने।


आर डि क्रीएशन/ ०२ फेब्रुअरी, कुवेत। नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित २८५६ जिवा ल्हो राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमका लागि नेपालबाट आमन्त्रित चार जना कलाकारहरु आगामी बुधबार ५ तारिक बिहान ५ बजे कुवेत अवतरण गर्ने भएको छ। स्थानिय समय अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कलाकारहरु बुधबार बिहान ०२ बजेको जजिरा एयरवेतको उडान भर्दै सोही दिन कुवेतको समय अनुसार बिहान ५ बजे अवतरण हुने कार्यक्रम संयोजक रेशम लामाले आर डि क्रीएशनलाइ जानकारी दिएका छन।

तामाङ जातिको महान राष्ट्रिय पर्व सोनाम ल्होछार कार्यक्रम संसारभरिका विभिन्न देशहरुमा धुमधामका साथ मनाइरहेको अवस्थामा नेपाल तामाङ घेदुङ कुवेतले पनि यहि हप्ता अर्थात आगामी शुक्रबार नेपालका अत्यन्तै लोकप्रिय गायक द्वय जोगलाल लामा र युबि मोंग्रेसा तथा अत्यन्तै चर्चित गायिका द्वय मिना लामा र अन्जु लामाको साथमा जिलिबस्थित नटिङ्घम ब्रीटिस स्कुलको हलमा धुमधामका साथ मनाउने तयारी गरेका छन।

उक्त कार्यक्रमका लागि आमन्त्रित कलाकारहरुलाइ स्वगत गर्न बुधबार बिहान ५ बजे कुवेतका सबै संघ संस्था, पत्रकार, बुद्धिजीवी एवं कुवेतमा कार्यरत सबै दाजुभाइ तथा दिदी बहिनिहरुलाइ कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भइ दिनुहुन संयोजक लामाले अनुरोध गरेका छन। उनले आगामी शुक्रबार हुन गैरहेको २८५६ जिवा ल्हो राष्ट्रिय सोनाम ल्होछार कार्यक्रम सफल बनाउनका लागि समेत कुवेतमा श्रम गरिरहनुहुने तमाम नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाइ गरिमामय उपस्थितिको लागि अनुरोध गरेका छन।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments