24.7 C
Kathmandu
Tuesday, May 13, 2025
spot_img
Homeगृहपृष्ठवडामै पुगेर सामाजिक सुरक्षा भत्तासँगै बिरामी जाँच RD Creation

वडामै पुगेर सामाजिक सुरक्षा भत्तासँगै बिरामी जाँच RD Creation


दार्चुला : हरेक त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंकसम्म पुग्नुपर्ने झण्झटिलो प्रक्रियाको अन्त्य गर्दै मालिकार्जुन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडामै पुगेर वितरण गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक अवधिको सुरक्षा भत्ता माछापुच्छ्रे बैंकसँगको समन्वयमा वडातहमै गएर वितरण गरिएको हो।

सामाजिक सुरक्षा रकम वडामै पुगेर वितरण गरेपछि सेवाग्राही खुसी भएका छन्। पालिका भित्रका ४५५ लाभग्राहीलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको एमआइएस अपरेटर लोकेन्द्रसिह धामीले जानकारी दिए। तेसो चौमासिकमा कुल ६२ लाख २२ हजार ६०० वितरण गरिएको छ।

यस्तै भौगोलिक रुपमा विकट तथा अन्य विविध कारणले गाउँपालिकाबाट प्रदान गरिने सेवामा नागरिकको पहुँच सुनिश्चिता गर्ने उद्देश्यअनुरुप वडातहमै एकीकृत घुम्ती शिविरमार्फत सेवा प्रदान गरिएको धामीले बताए। यही वैशाख १० गतेदेखि सञ्चालन भएको शिविरमा पालिकाभरिका दुई हजार ६९५ सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ। पालिकाको पशु शाखामार्फत वडातहमै पुगेर तीन हजार १२६ जनालाई औषधि वितरण तथा परामर्श सेवा प्रदान गरिएको छ।

यसैगरी स्वास्थ्य कार्यालयको सहकार्यमा सञ्चालित एआइ जडित एक्सरे सेवाबाट १६५ जनाले सेवा लिएका छन्। पालकाभरिका १७ जनाको क्षयरोग सम्बन्धी नमूना परीक्षण गरिएको छ। नागरिकलाई सहज, सरल र सर्वसुलभ सेवा प्रदान गरिने उद्देश्यले वडा तहमै पुगेर एकीकृत सेवा प्रदान गएिको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले जानकारी दिए। गाउँपालिकाले विगतदेखि नै नियमितरूपमा वडा तहमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणलगायत स्वास्थ्य सेवा, किसान सूचीकरण सेवासहितका एकीकृत सेवा दिँदै आएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments