Skip to main content

Rd Creation

विदेशमा अलपत्र परेका नेपालीलाई छिटोभन्दा छिटो नेपाल फर्काउन सरकारलाई निर्देशन


महेश्वर तामाङ/ २४ मे, कुवेत। संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले विदेशमा समस्यामा परेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन निर्देशन दिएको छ।

Advertisements

समितिको आज बसेको बैठकले कोरोना भाइरसको महामारीका कारण गाँस, बास र स्वास्थ्य सुरक्षा लगायतका समस्याबाट संकट व्यहोरिरहेका विभिन्न देशमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वास्थ्य सुरक्षा सुनिश्चित हुनेगरी अविलम्व नेपाल ल्याउने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

त्यस्तै समितिले कुटनीतिक संवादमार्फत नेपालको भूमि प्राप्त गर्न राष्ट्रिय सहमतिका साथ ठोस पहल अगाडि बढाउन सरकारलाई निर्देशन दिएको समिति सभापति पार्वती रावलले बताइन्।

आजको बैठकमा समितिले परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई बोलाएको थियो। बैठकमा मन्त्री ज्ञवालीले स्वदेश फर्किन चाहनेलाई प्राथमिकताका आधारमा फर्काउने तयारी सरकारले गरिरहेको बताएका थिए।

त्यस्तै मन्त्री ज्ञवालीले सरकारले जारी गरेको नक्सा अनुसारको जमिन फिर्ता ल्याउनका लागि कुटनीतिक पहल भइरहेको समेत बताएका थिए।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.