23.1 C
Kathmandu
Friday, September 20, 2024
spot_imgspot_imgspot_img
Homeस्वास्थ्यविदेशमा अलपत्र परेका नेपालिहरुलाइ नेपाल ल्याउन अन्तिम तयारीमा नेपाल सरकार

विदेशमा अलपत्र परेका नेपालिहरुलाइ नेपाल ल्याउन अन्तिम तयारीमा नेपाल सरकार


आर डि क्रीएशन/ २९ मे, कुवेत। नेपाल सरकार विदेशमा अलपत्त परेका नेपालिहरुलाइ नेपाल फर्काउन अन्तिम तयारिमा जुटेको छ। दैनिक ३५ सयसम्म नेपालीलाई स्वदेश फर्काउन सकिने निष्कर्ष आज बसेको बैठकले निकालेको छ।

शुक्रबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले साता/दश दिनपछि नेपालीहरूलाई स्वदेश ल्याउन सकिने निष्कर्ष निकालेको हो।

समिति स्रोतका अनुसार भारतबाहेकका मुलुकमा रहेका नेपालीहरूलाई ल्याउन नेपालमा भएका सबै कम्पनीका जहाजहरूले उडान गर्नेछन्। सरकारी र निजी कम्पनीका सबै जहाज उडाउँदै दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म नेपालीलाई स्वदेश ल्याउन सकिने समितिको हिसाब छ।

नेपाल आउन चाहनेहरूले जहाजको भाडा भने आफैं तिर्नुपर्नेछ। काठमाडौं विमानस्थलमा आइसकेपछि उनीहरूलाई होटलमा राखिनेछ। होटलहरूको मेनु र शुल्क सरकारले तय गर्नेछ। फर्केकाहरूले आफ्नो क्षमताअनुसार होटल छान्न पाउनेछन्।

होटलमा होल्ड गरिएकाहरूको स्वास्थ्य परीक्षण हुनेछ। परीक्षणमा कोभिड-१९ नदेखिएपछि उनीहरूलाई गाडीमा राखेर स्थानीय तहसम्म पुर्‍याइने छ। त्यसपछि उनीहरूल त्यहाँको स्थानीय तहले बनाएको क्वारेन्टिनमा बस्नु पर्नेछ।

परराष्ट्र मन्त्रालयले तत्कालै ६ लाख नेपालीलाई स्वदेश ल्याउनु पर्ने देखिएको आँकडा निकालेको छ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments